मङ्लबार, चैत्र ६, २०८०

चोक-चोकमा थुप्रिएको फोहरको व्यवस्थापन कहिले ?

प्रमिला पाण्डे [थापा]

काठमाडौं साउन ३०,

म एक नेपाली नागरिक भएकोले देशको चिन्ता र देशप्रति माया लाग्नु स्वभाविक हो। देशको पछिल्लो अवस्था हेर्ने हो भने देश हाँक्छु भनेर हौसिएका सवै नेताहरुमा परिवारवाद र व्यक्तिगत स्वार्थमा लुप्त हुँने बढ्दो प्रवृतिका कारण देश दिनानुदिन दुराअवस्थाको भूमरिमा गाँजिदैछ ।

नेताहरुको भुलभुलैया चरित्रका कारण देशमा आमुल परिवर्तनका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनको क्रममा ज्यान गुमाएका तमाम वीर सहिदहरुको शिर आज झुकेको तमाम नेपाली नागरिहरुले अनुभुत गर्न बाध्य भएका छन ।

त्यस्तै भावनामा वग्दै खोक्रा नारा झुठा आश्वासनको भर पर्ने हामी नेपालीको कमजोरीको फाइदा उठाउँदै नेताहरुले एक पछि अर्को गर्दै देशको अस्मितासंगै हामी नेपालीको भावनामा समेत वलात हस्तक्षेप गर्दै आइरहेका छन ।

मुलुकमा गत बैशाख ३० गते सम्पन्न स्थानीय चुनाव मार्फत निर्वाचित जनप्रतिनिधिले हामी काठमाडौवासीका लागि धेरै कुराहरु सहज गर्छन भन्ने जुन सोच बनाउँदै हामी निर्वाचनको माहौलमा होमिएका थियो । तर त्यो होमाइ आज काठमाडौं वासीको लागि निरर्थक सावित मात्र नभइ जुन जोगि आए पनि कानै चिरेको जस्तो भान हुँन थालेको छ ।

हामी काठमाडौंका जनताको विडम्बना भनौ या राजनैतिक खेलको चक्रव्हुँ नवनिर्वाचित मेयर र उपमेयरले चाहेर पनि काम गर्न सकिरहेको छैन । काठमाडौं लाइ बनाउँने हो हो भने दलीय स्वार्थको धरातल भन्दा माथि उठेर एकाआपसमा सहाकार्य गर्दै अगाडि बढ्नु पर्नेमा यहाँ त त्यसको ठिक विप।ितका कार्यहरु भइरहेका छन । जुन आफैमा साह्रै दिक्कदारी लागिरहेको अवस्था हो । आफुलाइ शिक्षित , जानेबुझेको भन्न रुचाउँने जनप्रतिनिधि आ- आफ्नो स्वार्थमा रुमलिएका कारण आज काठमाडौका गल्ली गल्ली चोकचोकमा फोहोर थुप्रो थुप्रिएको छ ।

आफ्नो पहिलो प्राथमिकताको समेत सम्बोधनगर्न नसक्ने कस्ता जनप्रतिनिधी रोज्यौ हामीले भन्दै तमाम काठमाडौंका स्थानीय पश्चातापको भूमरिमा जलिरहेका छन । तर फोहोरका कारण सिर्जित हुने समस्या प्रति समेत नजरअन्दाज गर्दै हाम्रा स्थानीय नेतागण भने आफ्नै डम्फु बजाउन व्यस्त रहेका छन । यदि देश र सबै नेपालीहरुको माया छ भने पहिले राजधाीको चोकचोकमा थुप्रिएको फोहरको व्यवस्थापन गर्नुपर्छ भन्ने हेक्का राख्न आग्रह गर्दछु ।