शुक्रबार, बैशाख १४, २०८१

धन्य काँग्रेस र काँग्रेसी कार्यकर्ता…

 काठमाडौं असार २,पक्षाघातबाट पिडित काठमाडौं काँग्रेसका पूर्वसचिव प्रचन्द्रदेव मानन्धरलाइ काठमाडौं काँग्रेस वडा न.१३ इकाई समितिको सहयोग हस्तान्तरण गर्न अयोजित कार्यक्रमको समाचार संकलन गर्न पुगेका हाम्रा सहकर्मीसंग कार्यक्रममा सहभागी  एक पूराना काँग्रेसी समर्थकले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा अनौपचारिकरुपमा अभिव्यक्त मनोभाव यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरेका छौं । 

मुलुकको शासनसत्तामा लामो समय आफ्नो वर्चश्व कायम गर्न सफल लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसको तर्फबाट काठमाडौं काँग्रेसका आवद्ध धेरै नेताहरु पछिल्लो समय पटक पटक मुलुकको महत्वपूर्ण पदमा आसिन भए, तर ति नेताहरुले आफ्ना व्यत्तिगत आवश्यकता पूरा गर्नु वाहेक कहिले पनि पार्टीका कार्यकर्तालाइ केहि समस्या पर्दा वा अप्रत्याशित रुपमा हुन सक्ने गम्भीर प्रकृतिका विरामी पर्दा सहयोग गर्ने दुरदृष्टि बनाउन सकेनन ।

यहाँसम्मकी आफ्नो जिवनको प्राय सम्पूर्ण समय पार्टीको लागि समर्पण गरेका निष्ठावान कार्यकतर्ता प्रतिनिधीपात्रको प्रारुपमा आजैकै घटनाक्रम अर्थात काठमाडौ काँग्रेसका पूर्व जिल्ला सचिव प्रचन्द्रदेव मानन्धर पक्षाघातवात पिडित हुँदै गर्दा स्थानीय वडा इकाइ समितिको पहलकदमीमा पार्टीका क्रियाशील सदस्यबाट थोरैभएपनि अर्थसंकलन गर्दै हस्तान्तरण गर्नु आफैमा महत्वपूर्ण कार्य सावित भएको छ । यसअर्थमा प्रस्तुत कार्यको पहलकदमी लिनु भएका इकाइ सभापति सुरेन्द्र मानन्धर आफैमा धन्यवादको पात्र भएका छन ।

यदि यसवीचमा स्थानीय क्षेत्रबाट निर्वाचित नेता तथा यसअघि वा पछि राज्य वा मातहतको उच्चपदमा आसिन भएका व्यक्तित्व , काठमाडौं काँग्रेसका वर्तमान नेतृत्व लगायतले केहि क्षणमात्र भएपनि आफ्ना कार्यकर्ताको लागि भैपरि आउने अनेकन समस्या र समस्याको प्रकृति हेरी सहयोग गर्ने लक्ष्य सहित परोपकारी भाव सहित विशेष सहयोग कोषको अवधारणा कार्यान्वयन गर्ने लक्ष्य निर्धारण गर्न सकेको भए आज प्रचन्द्रदेव मान्धर जस्ता धेरै कार्यकर्ताको कल्याण हुने थियो ।  

सत्तामा बस्दा कार्यकर्ता विर्सने तर सत्ताच्युत हुँदा अत्तालिने काँग्रेसको नियतिका कारण यि र यस्ता समस्या सिर्जना भएको स्मरण गर्दै यस मामिलामा काँग्रेसी कार्यकर्तालाइ समयानुकल उचित स्थान दिनु पर्छ भन्ने भनोभाव  भएका व्यक्ति भनेको दिवंगत नेता खुमवाहादुर खड्कामा मात्र  आफुले पाएको भन्दै  हेर्नुस न, आजैपनि कार्यक्रमका उपस्थित नेतागण मध्यबाट  मान्नधरको सहयागार्थ मेरो तर्फबाट पनि यो सहगोग   भन्ने उद्घोष सम्म गर्न नसकेकोमा आश्चर्य व्यक्त गर्दै भने — धन्य छ काँग्रेसी नेता र धन्य छ काँग्रेसी कार्यकर्ता …….  त्यस्तै उनले थपे अवका दिनमा पूर्व महामन्त्री समेत भइसकेका केन्द्रीय सदस्य प्रकाशमान सिंह, नविन्द्रराज लगायतले अव आफ्नो राजनैतीक   यात्राको क्रमम यो लेगासी वोक्नु पर्छ होइन भने काँग्रेसको लागि वेल पाक्यो हर्ष विस्मात नहोला भन्न नसकिने जनाउ दिए ।   

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन ���क्नुहुन्छ ।