शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ अतृप्त प्रेतात्माको तृप्ती,सद्गति र मुक्तिका लागि गरिने विज्ञानमयी पिण्ड पूजा विधान

 काठमाडौं असोज १३ , (धर्म संस्कृति)

अघोरी शम्शानेश्वर चण्डी वावाले प्राणीमात्रको कल्याणका लागि उजागरित ‘अतृप्त प्रेतात्माहरुको तृप्ती , सद्गति र मुक्तिका लागि गरिने विज्ञानमयी पिण्ड पूजा विधान’ सोह्र श्राद्धको अवसरमा  पिडिएफ भर्सनमा पनि उपलव्ध गराईएको छ । मनुष्यजातिले जीवनमा अनेक हैरानी परेसानी ग्रसित हुनुपर्ने र राष्ट्रले अशान्ति , कलह र अस्थिरता मात्र बेहोरी रहनु पर्ने सबै समस्याहरु पितृहरुको अतृप्ति , दुर्गति र बन्धनको कारणवाट सृजित भएका हुन् । समाजमा विद्यमान प्रथा, परम्परा, वाद-वादि र सम्प्रदायका कारण बह्मबीज मनुस्यहरुमा गर्नु पर्ने कार्य नगर्ने र गर्न नहुने कार्य गर्ने होडवाजी हुदा सर्वत्र अस्तव्यस्तता व्याप्त भयो ।

 परिणामत: जीवन निर्देशक र रक्षक पितृहरु मुक्त हुन सकेनन् र अतृप्त भएर बह्म वायुमण्डलमा भड्किरहनु परिरहेको यथार्थलाई वोध गर्दै सहज र प्रभावकारी पितृ पिण्ड पूजा विधान लाई अघोरी श्मशानेश्वर चण्डी वावाले सर्वजन हितार्थ उजागरण गर्नु भएको अतृप्त प्रेतात्माहरुको तृप्ती , सद्गति र मुक्तिका लागि गरिने विज्ञानमयी पिण्ड पूजा विधान पिडिएफ भर्सनमा सर्वसुलभ उपलव्ध भएको छ । पिण्ड पूजा विधानमा चण्डी वावाले क्रमस पितृ पिण्ड पूजा परिचय, पिण्डपूजाको विज्ञानमयी महत्व र लाभ र दुई ठूला पिण्ड  र सानो चौसट्ठी पिण्डको प्रतिकात्मक अर्थ सहित पिण्ड पूजाको महिमा र यसको आवश्यकता प्रस्टायाउनु भएको छ ।

चन्द्रमान-अनुसार आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ। एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्ल पूर्णिमादेखि आश्विन औँसी सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो। यो वर्षको सोह्रश्राद्ध गत आश्विन ११ गते प्रारम्भ भई आश्विन २५ गते समाप्त हुने भएको छ ।

विज्ञानमयी सोह्रश्राद्ध पिण्ड पूजा विधान  पिडिएफ भर्सनका लागि यहाँ क्लिक गर्नुहोला  

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।