शनिबार, बैशाख ८, २०८१

आफू बचौं र अरुलाई पनि बचाउ !

काठमाडौं बैशाख २३ ,
प्रमिला पाण्डे [थापा]

मुलुकमा बढ्दो कोभिड संक्रमणको महामारीको अवस्थामा हामीलेउचित सावधान अपनाउनु बाहेक अरु कुनै विकल्प छैन ।हरेक नागरिकले आफ्नो जिम्मेवारी आफैले पालना गर्नुपर्द्छ । आफु र आफ्नो परिवार ,समाज र देशको लागिआफै सचेत हुनु एकदम जरुरी छ । हाम्रो सामान्य लापरवाहीका कारण कोभिड संक्रमणब्यक्तिबाट आफ्नो परिवार ,समूह,समुदाय ,सार्वजनिक स्थल हुँदै सिङ्गो देशलाइनै प्रभावित बनाउदै आइरहेको छ ।

पछिल्लो समय देशमा कोभिडको बढ्दो त्रास त्यसमाथि अक्सिजन, एन्बुलेन्स,अस्पतालको अभावसंगै बिरामी उपचार गर्न नपाएर छ्ट्पटिएर मृत्यु वरण गर्नुपर्ने दर्दनाक अवस्था सिर्जना भएके छ । साथै यसवीचमा बढ्दो मृत्युदरका कारण जनमानसमा वेग्लै किसिमको भयाआंतक सिर्जना भएको छ ।

नेपालमा फैलिएको कोभिडको दोस्रो लहर , जुन भारतमा पहिलो लहरको अवस्था थियोे त्यो अहिले नेपालमा देखिएको छ। यसवीचमा सरकारले कडाइका साथ लकडाउनको अवधारणा कार्यान्वयन गरेको भए देशमा यस्तो अवस्था आउने थिएन । यसवीचमा नै सत्ता केन्द्रीत यो वा त्यो कोणबाट सिर्जित अनेकन तिकडमका कारण सभा ,जुलुस , आन्दोलन जात्रामा सहभागी हुनु र सरकारले जारी गरेको आदेश पालना नगर्नुले पनि कोमिड संक्रमण फैलिएको सहजै अनुमान गर्न सकिन्छ । त्यसअर्थमा पनि अहिलेको अवस्था सिर्जना भएके ओ भन्नुमा कुनै द्यक मान्नु पर्ने अवस्था छैन ।

तसर्थ अवका दिनमा आफू ,आफ्नो परिवार ,समाज र देशलाई बचाउन आफै लाग्नुपरेको हो भने अवस्थालाई मनन गर्दै एक आपसमा हातेमालो गर्दै कोभिड संक्रमणको चक्रलाइ तोड्नु आजको आवश्यकता भएको छ। लापरवाही नगरम देशको एक असल नागरिक भएको हैसियतले आफ्नो कर्तव्य र अरुको रक्षा गरौं यहिनै हाम्रो देशप्रती को माया र पहिचान हो । हामी सबैलाई श्री पशुपतिनाथले रक्षा गरुन् । जय राष्ट्र जयनेपाल