शनिबार, बैशाख २९, २०८१

नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई अगाडि बढाउने सत्ता गठबन्धनको निर्णय

[फाइल फोटो]

काठमाडौं असार ८,

काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सत्ता गठबन्धन दलको आज दिउँसो बसेको बैठकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई अगाडि बढाउने निर्णय गरेको छ।

बैठक पछि आजको बैठक मुलत नागरिकता विधेयक अगाडि बढाउने र शान्ति प्रक्रियालाई चाँडै नै निष्कर्षमा पु¥याउने विषयमा आजको बैठक केन्द्रीत भएको बैठक पछि सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताउनुभयो।

त्यस्ते उहाँले आजको बैठकमा प्रधानमन्त्री देउवाले नागरिकताको विधेयक अगाडि बढाउने प्रस्ताव गर्नुभएको जानकारी दिदै प्रवक्ता कार्कीले बाँकी रहेको केहि प्रक्रियागत व्यवयस्थालाइ पूरा गर्दै विधेयकलाइ संसदमा टेवल गरिने जानकारीदिनुभयो ।

स्मरण रहोस विगत लामो समय यता देखि प्रस्तुत विधेयकमा रहेको दपफागत व्यवस्था अन्र्तगत नेपाली पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई दिने अंगीकृत नागरिकता विषय संगै आमा, बुवा नागरिक तर उनका सन्तान नागरिकताबिहीन भएको अवस्थामा नागरिकता पाउँने वा नपाउँने भन्ने विषयमा दलहरूबीच सहमति जुट्न नसक्दा विधेयकले संसदमा प्रवेश पाउँन सकिरहेको थिएन ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल लगायत गठबन्धनका शीर्ष नेता सहभागी रहेको थियो ।