शनिबार, बैशाख १५, २०८१

संशोधनसहित महानगरको नीति तथा कार्यक्रम पारित ,अर्को बैठक असार १० मा

काठमाडौं असार ८,

काठमाडौं महानगरको ११ औं अधिवेशनले आगामी आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ।

गत असार ५ गते प्रस्तुत महानगरप्रमुख बालेन्द्र साहले महानगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्नभएको थियो । बुधबार बसेको नगरसभाको बैठकमा जनप्रतिनिधिले नीति तथा कार्यक्रमप्रति राख्नु भएको सल्लाह, सुझाव एवमु यसअघि व्यवस्था गरिएको दफागत व्यवस्थाको संशोधन सहित नीति तथा कार्यक्रममा पारित गरेको हो।

महानगरको ११ औं अधिवेशन अन्र्तगत अर्को बैठक असार १० गते दिउँसो साढे २ बजे बस्ने बैठक पछि जानकारी दिइएको छ ।