बिहिबार, बैशाख १३, २०८१

२२ वटा बीमा कम्पनीलाई बिमा समितिको कारवाही

काठमाडौं असार ९,

बिमा समितिले निर्धारित समयमा लेखापरिक्षण नबुझाउने २२ वटा बीमा कम्पनीलाई १० हजार रुपैयाँ जरिवाना कारवाही गर्ने भएको छ।

बिमा सेवाको नियामक निकाय बीमा समितिले बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम यसअघि पनि नियम विपरित काम गर्ने वा दायरा बाहिर बस्ने कम्पनीहरुलाई कारवाही गरेको थियो ।

त्यस्तै समितिले सीमाभन्दा बाहिर गएका कम्पनीहरुलाई कानुनी दायरामा नबसे आगामी दिनमा थप कारवाही गर्ने सन्देश दिन आज एकै पटक २२ वटा बीमा कम्पनीहरुलाई कारवाही गरेको हो ।