बिहिबार, बैशाख २७, २०८१

थप १९ सय ५७ जनामा कोभिड सङ्क्रमण , ११ को मृत्यु

उपत्यकामा थपिए ४५१ जना नयाँ संक्रमित

काठमाडौं माघ २५ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ८ हजार ५८७ जनाको पीसीआर परीक्षण गर्दा ११ सय ८४ जना र ४ हजार १०५ जनाको एन्टीजेन परीक्षण गर्दा ७७३ जना गरि १९ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै मन्त्रालयले यसवीचमा ५ हजार १०३ जना संक्रमित सङ्क्रमण मुक्त भएका जनाउदै यहि अवधीमा ११ जनाको मृत्यु भएको जानकारििदएको छ । मन्त्रालयका अनुसार आज पुष्टि भएका मृतक संगै नेपालम संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ८३८ पुगेको छ भने मुलुमा हाल ३६ हजार १८१ जनामा कोभिडको सक्रिय सङ्क्रमण रहेको जनाएको छ।

यसैवीच मन्त्रालयले काठमाडौं उपत्यकामा थप ४५१ जना थप नयाँ कोभिड संक्रमित थपिएको जनाएको छ। मन्त्रालयका अनुसार आज थपिएका नयाँ संक्रमितमध्ये काठमाडौंका ३३८,ललितपुरका ७० र भक्तपुरका ४३ जना रहेका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2022
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031