आइतवार, जेष्ठ ६, २०८१

कानुनी अड्चनका कारण यसपटक पनि विदेशमा रहेका नेपालीहरुले निर्वाचनमा भाग लिन नपाइने

०७७ पुस ६ देखि ०७८ माघ २४ सम्म करिव १६ लाख मतदाता थपिएको आयोगको प्रारम्भिक अनुमान

काठमाडौं माघ २५ ,
सरकारले सोमवार आगामी बैशाख ३० मा सम्पन्न गर्ने गरि मिति तोकेको स्थानीय तहको निर्वाचनमा विदेशमा रहेका नेपालीहरुले पहिले जस्तै यसपटक पनि भाग लिन नपाउने  आयोगले जनाएको छ । विद्यमान कानुनी व्यवस्था र निर्वाचनको समय अपुगका कारण विदेशमा रहेका नेपालीले आफ्नो मताधिकार प्रयोग गर्न नपाउने निर्वाचन आयोगले जनाएको हो ।

तयस्तै निर्वाचनको तयारीका लागि कानुनत १ सय २० दिन चाहिने प्रवाधान रहेपनि सरकारले घोषणा गरेको मितिमा निर्वाचनको तयारी गर्न करिव ९५ दिन मात्रै बाँकी रहेको जनाउदै निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपिलियाले तयारीका लागि समय अभाव हुनेभएसंगै निर्वाचनका कतिपय प्रक्रिया फास्ट ट्र्याकबाट गर्ने तयारी गरेको जानकारीदिदै मतदाता नामावली सङ्कलन कार्य रोक्न र हालसम्मको विवरण पठाउन ७७ वटै जिल्लालाई निर्देशन दिइएको उहाँले बताउनुभयो ।

त्यस्ते उहाँले २०७७ साल पुस ६ देखि २०७८ माघ २४ गतेसम्म १६ लाख मतदाता थपिएको प्रारम्भिक अनुमान सहित आजदेखि नयाँ मतदाता नामावली सङ्कलन रोकेर अद्यावधिक प्रारम्भ गरेको बताउनुभयो।