शनिबार, बैशाख १५, २०८१

सांस्कृतिक संघको सह–महामन्त्रीमा मुनिकार

काठमाडौं माघ २५ ,
नेपाली कांग्रेसको सुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघले संघको विधानत व्यवस्था अनुरुप माघ १० को निर्णय अनुसार केन्द्रीय सह–महामन्त्रीमा रमेश मुनिकारलाइ मनोनय गरिएको छ ।

काठमाडौं काँग्रेस क्षेत्र न. ८ क प्रदेशका सदस्य एवम् वहुआयामिक तथा नवोदित साहित्यकार संगै सांस्कृति संघको उन्नयनका लागि अविराम क्रियाशील सांस्कृतिक अभियन्ता समेत रहेका मुनिकारले यसवीचमा निर्वाह गरेको महत्वपूर्ण योगदानको सम्मानमा सहमहामन्त्रीमा मनोनयन गरिएको संघका केन्द्रीय अध्यक्ष तिर्थ बहादुर थापाद्दारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

यसअघि मुनिकारले संघको काठमाडौं जिल्ला सचिव, केन्द्रीय सदस्य, धवलागिरी अञ्चल प्रमुखसंगै अभिलेख विभाग प्रमुखको समेत जिम्मेवारी समेत वहन गरिसकेका छन ।