शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ, महामारीको समयमा सिटामोल कृतिम अभावको भित्री चुरो

यस्तो छ, महामारीको समयमा सिटामोल कृतिम अभावको भित्री चुरो

श्रीजन झा-

  • विभागीय अधिकारीहरु अक्क न बक्क हुँदै लाचारिता प्रदर्शन गर्दै बस्न बाध्य
  • उपभोक्ताको घाँटी अठ्याउन रचिएको अपराधजन्य प्ररिपञ्च 

काठमाडौं माघ २५ ,  
पछिल्लो समय काठमाडौं उपत्यकालाइ रेड जोन बनाउँदै देशैभर कोभिड संक्रमणको जोखिम रफ्तारमा बढेसंगै नेपाली औषधि बजारमा सरकारको तर्फबाट स्वास्थ्य संस्थामा निःशुल्क वितरण गर्ने अत्यावश्यक औषधिको सूचीको दोस्रो नम्बरमा रहेको सिटामोल अभावको चर्चाले कोभिड संक्रमणको जोखिम भन्दा पनि सिटामोलको अभावले सरकारको नियमक निकायमा विद्यमान विकृतिसंगै औषधि उत्पादक र उपभोक्ता मात्र नभएर समग्रमा नेपाली औषधि बजारमा मौलाएको नयाँ पछिल्लो विकृति सतहमानै छताछुल्ल भएका छन । त्यस्तै एकातर्फ कोभिड संक्रमणको जोखिम अर्को तर्फ सिटामोल अभावको चर्चाले महामारीको समयमा आर्दशको प्रसंग वकालत गर्दै आत्मानिर्भरताको जिकिर गर्ने उद्योगी देखि औषधि आयात गर्दै जनसेवामा सर्मित छु भन्दै आइरहेको तमाम सम्वद्ध व्यवसायीको चरित्र समेत थप उदाङ्ग भएका छन ।

स्वदेशमै करिव २०–२२ वटा नेपाली औषधि उद्योगले उत्पादन गर्दै आइरहेको सिटामोल अभावको भित्रि चुरो प्रसंगको खोजीको क्रममा हामीसंग दर्जनौ उपभोक्ताहरुले कोभिडको रफ्तार बढेसंगै भएको भनिएको सिटामोलको कृतिम अभाव मुलत औषधि उत्पादक र व्यवसायीबीच को साँठगाँठको उपजसंगै मूल्यवृद्धिका लागि उपभोक्ताको घाँटी अठ्याउन रचिएको अपराधजन्य प्ररिपञ्च भएको आरोप सहितको अभिव्यक्ति समेत दिएबाट पनि औषधिको बजारमा आफ्नो निहित स्वार्थका लागि के हन्छन , के हुँदैन मात्र नभइ उपभोक्ताको स्वास्थ्यको चिन्ता न त राज्यका नियमक निकायलाइ छ नत उत्पादक लगायतका व्यवसायीलाइ नै भन्ने यर्थाथ उजागर भएका छन ।

तथापी केहि औषधि उत्पादकलाइ यस विषयमा जिज्ञासा राख्ने क्रममा आफ्नो नाम उल्लेख नगर्ने शर्तमा ति औषधि उत्पादकले भने– उपभोक्ताको तर्फबाट अभिव्यक्त भनिएका प्रस्तुत आरोप सहितका अभिव्यक्ति केवल आफुले भनेको समयमा औषधि नपाएको आवेग भएको बताउँदै पर्याप्त मात्रमा सिटामोल बजारमा पठाएको दाबी गरेका छन । साथै पछिल्लो समय उपभोक्ताले हल्लाको भरमा सिटामोल स्टकमा राख्ने प्रवृति बढेको समेत उनले बताए । तर उद्योगीको भनाइ खण्डन गर्दै औषधिका खुद्रा व्यवसायीहरुले उत्पादकको तर्फबाट आफुहरुले विगतमा जुन परिणाममा औषधि प्राप्त गर्दै आएको हो त्या परिणाम घटेसंगै बजारमा सिटामोल अभाव भएको जिकिर गर्दै हामीले नेपाल औषधि लिमिटेडले सिटामोल उत्पादन पाइरहेका छौ । अरु कम्पनीको उत्पादन त यस्तै हो भन्न समेत भ्याए ।

स्मरण रहोस, नेपालमा सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड संगै निजी क्षेत्रका करिव २ दर्जन भन्दा बढी औषधि उद्योगले प्यारासिटामोल र सिटामोल उत्पादनको अनुमति पाएका छा ।

त्यस्तै सिटामोलको सरकारले २०६४ सालमा सिटामोल अधिकतम मूल्य तोक्दै प्रति ट्याब्लेटको मूल्य १ रुपैयाँ निर्धारण गरेको पनि आज करिव देढदशक पुग्न लागिसक्यो र एकदशक अघिको मूल्य र अहिलेको मूल्यको अनुपातमा निकै फरक रहेको जनाउ सहित मूल्य समायोजनकै लागि संकटको समयमा राज्य देखि रंक सम्म सवैको ध्यानार्षण हुने भएकाले कोभिड महामारीलाइ स्वर्णिम अवसर मान्दै सिमाटोलको कृतिम अभाव गरिएको नियमक निकाय औषधि व्यवस्था विभागीय स्रोतले  दावी सहित विभागबाट औषधि उत्पादनको स्वीकृति लिएका क्रमस एमटेक मेड, एप्पल फर्मास्युटिकल्स, आर्या फर्मा ल्याब, बायोगेन रेमिडिज, देउराली जनता फर्मास्युटिकल्स, एभरेस्ट फर्मास्युटिकल्सले यो औषधि उत्पादन गर्ने लाइसेन्स लिएका छन्। जेनेटिका ल्याबोरेटरी, कस्तुरी फर्मास्युटिकल्स, लोमस फर्मास्युटिकल्स, नेसनल हेल्थ केयर, नेपाल फर्मास्युटिकल ल्याब्रोटरी, निप्पोन फर्मास्युटिकल्स, नोभा जेनेटिका, फर्माको इन्डस्ट्रिज, रोयल फर्मास्युटिकल्स, सिद्धार्थ फर्मास्युटिकल्स, सीमका ल्याबरोटरिज, एसआर ड्रग ल्याबरोटरिज, सुप्रिम हेल्थ केयर, युनिक फर्मास्युटिकल्स, टाइम फर्मास्युटिकल्स, युनिक फर्मास्युटिकल्स, युनिभर्सल फर्मुलेसन, विजायदीप ल्याबरोटरिजले मध्ये कतिपयले उत्पादन गरेका छैन भने कतिपयले सरकारले प्राइस कन्टोल गरेका कारण सिटामोल उत्पादनको लागि भन्दै सरकारी स्वीकृतिमा ल्याएका कच्चा पर्दाथबाट सिटामोलको सत्ता अधिकतम नाफा भएका कोडोमोल, आबुपारा सिटोफेन, टिमोल, इभामोला लगायतका औषधि उत्पादन गर्ने प्रवृतिप्रति राज्यले जनतालाइ निःशुल्क वितरणका लागि प्राइस कन्टोल गरेको सिटामोलको उत्पादनमा उद्योगी उदासिन रहेको बुझिएको छ ।

सामाजीक उत्तर दायित्वको बखान गर्न नथाक्ने उद्योगीको यस किसिमका प्रवृती प्रति नियमक निकाय औषधि व्यवस्था विभागको मौनता संगै अधिकारीहरुको व्यवसायीसंगको चोचोमोचोका कारण राज्यको जनतालाइ निशुल्क औषधि वितरण गर्ने लक्ष्य मात्र प्रभावित भएका छैनन । उद्योगीहरुले थप उच्च मनोबल बनाउँदै वेलाबखत अभिव्यक्त गर्ने १ चक्की बनाउन १ रुपैयाँ १८ पैसा लाग्छ। फार्मेसीलाई प्रतिचक्की ७५ पैसामा बिक्री गर्नुपर्छ भने जानीजानी घाटा खाएर किन उत्पादन गर्ने भन्ने अभिव्यक्तिबाट समेत प्रष्ट हुन्छ ।

यहाँसम्मकी बढ्दो सिटामोल अभावको चर्चा चुलिदै गर्दा नियमक निकाय औषधि व्यवस्था विभागले यी उद्योगलाई कच्चा पदार्थ, प्याकेजिंग लगायत तयारी औषधि वितरणको विवरण २४ घन्टाभित्र नियमित रूपमा उपलब्ध गराउन निर्देशन दिंदा समेत विभागकोे निर्देशनलाइ घोती लगाउने काम हुँदा समेत विभागीय अधिकारीहरु अक्क न बक्क हुँदै लाचारिता प्रदर्शन गर्दै बस्न बाध्य भएका छन ।

निहित र नियोजित स्वार्थबाट ओटप्रोत उद्योगको एकमात्र अभिष्ट भनेको कम मूल्य पर्ने ५०० मिलिग्रामको पारासिटामोल भन्दा बढी मूल्यको औषधि उत्पादन गर्दै बढी भन्दा बढी लाभ लिन पल्लेका ताइकुनहरुले भारतमा ५००मिलिग्रामको अलावा ६५० मिलिग्रामको पारासिटामोल उपलब्ध रहेको जिकिर सहित सोहि अनुपातमा ६५० मिलिग्रामको पारासिटामोल उत्पादन गर्न पाउनु पर्ने माग सहित विभागमा नेपाली उद्योगीहरुको तर्फबाट आवेदन दर्ता हुँदा विभागले त्यसको सुनवाइ नगरेको आक्रोशको उपज अनुरुप आफ्नो मागको सुनवाइ गराउनकै लागि नियोजित प्रारुपमा सिटामोलको अभाव गरिएका दावी गर्दै अरु औषधिको अभाव हो भने त्यो वेग्लै प्रसंग हो । तर सिटामोल एकाएक अभावको कोटीमा पुग्नु कुनै पनि कोणबाट संभव थिएन र छैन पनि । तथापी चरम अभाव भन्दै आफ्नो अभिष्टमा सहमत बनाउँन र औषधिको मूल्यको सम्बन्धमा भारतमा तोकिएको मूल्यलाई आधार बनाएर समय सापेक्ष परिमार्जन गराउन गरिएको प्रयासनै सिटामोल अभावको अर्को कारण भएको बताएका छन ।

त्यस्तै यसवीचमा उद्योगीहरुको मागलाइ सकारात्मक सम्बोधन गराउन नियमक निकायमा जिम्मेवार अधिकारीको सत्ता आफु अनुकुलका अधिकारीको पदस्थापनासंग समेत सम्बन्धन राख्ने सिटामोलको कृतिम अभाव प्रसंगको भित्री चुरोको खोजी गर्ने क्रममा यत्र तत्र सर्वत्र मूल्यवृद्धि गर्न कृत्रिम अभाव सिर्जना गरिएको थुप्रै त्यस्ता दृष्टान्तहरु हामीले प्राप्त गरेका छौं । यदि प्रति ट्याब्लेट एक रुपैयामा कारोवार गर्दा घाटा भयो भन्दैमा महामारीको समयमा सार्वजनिक उत्तरदायित्व वहन गर्नुको अलावा १० रुपैया पर्ने एक स्ट्रिपको सिटामोलको साटो १५ ट्याब्लेट रहेको एक स्ट्रिपकोको नेपाली ८० रुपैया पर्ने डोलोपार उत्पादन गर्दै आफ्नो निहित अभिष्ट पुर्तिका लागि जनस्वास्थ्य माथि खेलवाद गर्नु किमार्थ न्यायसंगत मान्न सकिन्न ।

त्यस्तै समाचार स्रोतले पछिल्लो समय औषधि उत्पादक संघकै एक जिम्मेवार अधिकारीहरु तत्काल मूल्य समायोजन गर्न नसक्ने हो भने ५०० मिलिग्राम सिटामोलको साटो ६५० मिलिग्रामको सिटामोट उत्पादनको अनुमतिका लागि समेत लागि परेको र यहि कार्यलाइ मुर्ततता दिन पछिल्लो समय बजारमा सिटामोलको अभावको हौवा फैलाउँदै आफु अनुकुलको वातावरण तयार गर्न लागि परेको दावी गरेका छन ।

बिक्री भन्दा लागतमूल्य धेरै भएको जनाउ सहित सिटामोलको कृतिम अभाव भएपछि विदेशबाट औषधि आयात गर्दै आएका नेपाली व्यवसायीले प्रति ट्याब्लेट ९६ पैसामा आफुले आयात गर्न तयार भएको भन्दै केहि आयातकर्ता हौसिएको एकाघ दिन पछि अन्तत महामारीको समयमा नेपाली औषधि उत्पादकहरुको साझा संस्था नेपाल औषधि उत्पादक संघले अहिले कुनै पनि औषधि अभाव नभएको भन्दै नआत्तिन सर्वसाधारणलाई आग्र गर्दै विज्ञप्तिनै जारी गर्यो । जारी विज्ञप्तिमार्फत संघले संकटको विषम अवस्थामा कुनै पनि औषधिको अभाव हुन नदिन उद्योगीहरूले अहोरात्र कार्य गरिरहेको र स्वदेशमा बन्ने कुनै पनि औषधिको अभाव हुन नदिने प्रतिवद्धता समेत जाहेर गर्दै मोहि माग्ने ढुङ्गो लुकाउने नियति अनुरुप पछिल्लो समय उत्पादक संघले बजारमा सिटामोल लगाएत नेपालमा उत्पादन हुने औषधिको अभाव नभएको भन्दै औषधिको मौज्दात नभएर वा उत्पादन क्षमता नभएर अभाव भएको नभइ आयातलाई प्रोत्साहन गर्ने मनसाय भएका व्यक्तिहरुबाट हल्ला फैल्याइएको भन्ने सम्मको अभिव्यक्ति समेत दिन पछि परेनन ।

त्यसवीचमानै औषधीको नियमक निकायमा भएको जिम्मेवार अधिकारीको हेरफेर पछि उपत्यकाको बजारमा सिटामोल सहजै पाइनको अलावा कच्चापर्दार्थको बढ्दो मूल्य वृद्धि र मूल्य समायोजन नभएसम्म घाटाको व्यापार गर्न नचाहेका निजि क्षेत्रका उत्पादकमा घाटा , नाफा र कच्चा पर्दाथको मूल्यवृद्धिको प्रसंग भन्दा वाहिर नयाँ प्रकृतिको मिराकल अर्थात सवै प्रसंग सहजता भएको मनोभाव प्रस्टफुरित भएको    पाइन्छ ।

त्यस्तै यसवीचमा घाटानै भएपनि सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडको नियमित उत्पादनका कारण चरम अभाव भनिएको सिटामोेल प्राप्तिमा केहि सहजता देखिएसंगै सर्वसाधाणको थप सहजताका लागि सिटामोल औषधि व्यवस्था विभागको सडक परिसरमा निःशुल्क वितरण हुँदै आएका छन । युवा औषधि व्यवसायी तथा राजनीतिकर्मी डा।अबुल हुसेन अन्सारीले व्यक्तिगत लगानीमा सिटामोल वितरण अभियानको सुरुवात गरेका हुन । पछिल्लो समय सिटामोल सहजै नपाएको गुनासोहरु आएसंगै कमसेकम सिटामोल नै नपाउने अवस्था नहोस भन्दै आफु स्वयम व्यवसायी भएका कारण सिटामोलहरु संकलन गरेर निःशुल्क वितरण गर्न थालेको हामीसंगको भेटमा बताए ।

♦ यस विषयमा अझै हामी निरन्तर अनुसन्धान सहित नयाँ समाग्री पस्कने तयारीमा रहेका छौं ♦।