आइतवार, बैशाख १६, २०८१

आज काँग्रेसको १६ मध्ये ६ जिल्लाको जिल्ला अधिवेशन हुँदै

काठमाडौं फागुन १५ ,
नेपाली काँग्रेसले १४ औ महाधिवेशन अन्र्तगत हुन बाँक १६ जिल्लाको अधिवेशन मध्ये आज ६ जिल्लाको अधिवेशन हुदैछ ।

आज अधिवेशन हुन लागेको ६ वटा जिल्ला क्रमस सिन्धुपाल्चोक,मकवानपुर, सिन्धुली, पर्सा, महोत्तरी र कैलाली रहेको छ । आज यी जिल्लामा हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

त्यस्तै बाँकी अन्य १० जिल्लाको अधिवेशन २० फागुनका लागि तय भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।