आइतवार, बैशाख १६, २०८१

सत्ता साझेदार दल नेकपा एसको सचिवालय बैठक बस्दै

काठमाडौ फागुन १५ ,
अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन [एमसीसी] परियोजनका सम्बन्धमा छलफल गर्न सत्ता साझेदार दल नेकपा एसको सचिवालय बैठक बिहान ११ बजे बस्दैछ ।

यद्यपी एमसीसी सम्झौताका कारण सत्ता गठबन्धनमानै समस्या चुलिएपछि शनिवार प्रम देउवा संग भएको दुवै दलका शीर्ष नेताको बैठक पछि आइतबारकै बैठकबाट एमसीसी अनुमोदन गर्न साथ दिने र जारी गठबन्धनलाइ कायम राख्नु पर्ने प्रसंग संगै प्रधानमन्त्री शेरबहादुर देउवाले भने यसबारे पार्टीबाटै निर्णय गर्न भने पछि आज नकेपा एसको बैठक बस्न लागेको हो ।

दिउँसो १ बजे प्रतिनिधिसभा संसदको बैठक अघि बस्न लागेको सत्ता घटक दल नेकपा एसको सचिवालय बैठकले संसदबाट एमसीसी अनुमोदन लगायतका विषयमा निर्णय गर्ने तयारी गरेको बुझिएको छ। यसअघि नेकपा एसले यथास्थितिमा एमसीसी अघस बढ्न नसक्ने र यसको विपक्षमा मतदान गर्ने बताउदै आएको छ ।