आइतवार, बैशाख १६, २०८१

प्रमको सरकारी निवास वालुवाटारमा सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौ फागुन १५ ,
अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परियोजनका सम्बन्धमा छलफल गर्न सत्ता गठबन्धनको बैठक पनि बस्दै गरेको बुझिएको छ ।

एमसीसी सम्झौताका कारण सत्ता गठबन्धनमानै समस्या चुलिएपछि शनिवार प्रम देउवा संग भएको दुवै दलका शीर्ष नेताको बैठक पछि आइतबारकै बैठकबाट एमसीसी अनुमोदन गर्न साथ दिने र जारी गठबन्धनलाइ कायम राख्नु पर्ने विषयमा भएको अलिखित सहमति अनुरुप सत्ता घटक माओवादी केन्द्रको बैठकले व्याख्यात्मक विश्लेषणसहित अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन [एससीसी] लाई पारित गर्ने निर्णय गरेको छ भने नेकपा एसले पनि सोहि मुताविको मानसिकता बनाएको बुझिएको छ।

सत्ता गठबन्धनमा एमसीसी बारेको विवादित बुँदामा ब्याख्यात्मक विश्लेषण भएको छ । सो बुँदा माओवादीले पनि अनुमोदन गरेसँगै अब गठबन्धनमा एमसीसी बारेको विवाद मिलेको दावी सहित स्रोतले अवको पिरिएडमा लगभग उक्त सम्झौता पारित हुने संभावना बढेको जनाएको छ।