आइतवार, बैशाख १६, २०८१

करोडौं भ्रष्टाचारको अभियोगमा पूर्वमन्त्री श्रेष्ठविरुद्ध मुद्दा दायर

काठमाडौ फागुन १५,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध करिब साढे ४ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दर्ता गरेको छ ।

आयोगले श्रेष्ठले शिक्षकहुँदै मन्त्री पदमा बहाल रहँदा २०२६ साल चैत १८ गतेदेखि सरकारी सेवामा प्रवेश गरी २०३६ साल कात्तिक २६ गते शाखा अधिकृत पदमा नियुक्त भएका श्रेष्ठ शिक्षकहुँदै शाखा अधिकृत, उपसचिव, सहसचिव, सचिव तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन, शान्ति तथा पुनर्निर्माण र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारीमा पुगेको जनाएको छ ।

त्यस्तै आयोगले निजले यसवीचमा ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ ९८ पैसा बराबर रकम पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी रूपमा आर्जन गरेको अनुसन्धानको क्रममा खेलेको आयोगले जनाएको छ।