आइतवार, बैशाख १६, २०८१

संसद बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुँदै [भिडियो सहित]

काठमाडौ फागुन १५,
प्रतिनिधिसभाको आजको बैठकमा एमसीसी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरिएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदको विरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव पेस गर्नुभएको हो ।

 

प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदले अवरोध गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले ‘माननीय सदस्यहरु प्रतिनिधिसभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ’ भन्नासाथ एमाले सांसदहरु आफ्नो आसनबाट उठेर बेल घेराउ गर्न पुगेको हो ।