शनिबार, बैशाख २९, २०८१

साफ च्याम्पियनसिका उप विजेता नेपाली खेलाडीलाई प्रोत्साहन स्वरुप जनही पाँच लाख

काठमाडौं कार्तिक १,
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलो पटक १३औँ संस्करणको साफ उपविजेता नेपाली टोलीका प्रत्येक खेलाडीलाई जनही पाँच लाख र प्रशिक्षकलाई ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै उहाँले अबुदाबी डायलग्को छैठौं मन्त्रीस्तरीय परामर्श बैठकमा सहभागी हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई स्वीकृत दिने निर्णय संगै मोहम्मद जयन्ती १४९६ को अवसरमा कात्तिक २ गते मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।

त्यस्तै बैठकले विभिन्न मन्त्रालयहरूमा अस्थायी दरबन्दी सिर्जना गर्न स्वीकृति दिने र लोक सेवा आयोग तथा बढुवा समितिको सिफारिसबमोजिम राजपत्राङ्कित प्रथम श्रेणीका विभिन्न पदहरूमा नियुक्त गर्ने निर्णय समेत भएको उहाँले बताउनुभयो ।