शुक्रबार, बैशाख १४, २०८१

देशभर ५९१ जनामा कोभिड संक्रमण पुष्टि,९ जना संक्रमितको मृत्यु

काठमाडौं कार्तिक १,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको पछिल्लो २४ घण्टामा पछिल्लो २४ घण्टामा ५२३ जना कोभिड सङ्क्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयले देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ६५४ जनाको पीसीआर परीक्षणको क्रममा ५२३ र २ हजार ४३ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ६८  जना गरि कुल ५९१ जनामा  संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै वितेको २४ घण्टामा ९३७ जना संक्रमित कोभिड मुक्त भएको जनाकारी दिदै मन्त्रालयले यसवीचमा ९ जना सङ्क्रमितको मृत्यु भएको जनाएको छ ।