शनिबार, बैशाख ८, २०८१

राखेप सदस्य सचिव सिलवाल पदमुक्त

काठमाडौं कार्तिक १,
सरकारले राष्ट्रिय खेलकुद परिषद् [राखेप]का सदस्यसचिव रमेश सिलवाल बर्खास्त गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले सदस्यसचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो। सरकारले सिलवाललाई यसअघि स्पष्टिकरण सोधेको थियो। स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले बर्खास्त गरेको हो।

उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो कार्यकालका लागि सदस्य सचिवमा नियुक्त गरेको थियो। त्यस्तै सदस्य सचिवबाट बर्खास्तीमा पर्दैगर्दा सुवलावल भने राष्ट्रिय फुटबल टोली सहभागी साफ च्याम्पियनसिपको फाइनल हेर्न गतअसोज २९ गते माल्दिभ्स गएको र आज राती स्वेदश फर्कर्ने तयारीमा रहेको बुझिएको छ।