शनिबार, बैशाख २९, २०८१

स्वास्थ्य मापदण्ड पालनाका लागि प्रत्यक्ष र छड्के नियमन , लापरवाही गरे कारवाही

काठमाडौं भाद्र १०,
पछिल्लो समय आगामी भाद्र १६ गते सम्मका लागि थप भएको निषेधाज्ञासंगै कोभिड–१९ महामारीको सङ्क्रमण न्यूनिकरणका लागि जारी निर्देशन अनुरुपको स्वास्थ्य मापदण्ड पालना भए नभएको अवस्थाको प्रत्यक्ष र छड्के नियमन हने शुरु गरेको छ । काठमाडौ उपत्यकाका ३ वटै जिल्ला प्रशासन कार्यालयका प्रतिनिधीहरुले आआफ्ना आआफ्ना जिल्लमा अनुगमन टोली परिचालन गर्दै बजार व्यवसाय तथा सार्वजनिक सेवाको अनुगमनलाई नियमितरुपमा अनुगमन गर्दै जारी निर्देशन अनुरुपको स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्न थालेको हो ।

त्यस्तै प्रशासन सम्वद्ध अधिकारीहरुका अनुसार निषेधाज्ञाको सहजीकरण संगै स्वास्थ्य मापदण्डको प्रभावकारी कार्यान्वयनमा देखिएको लापरवाहीका कारण दिनानुदिन सङ्क्रमण बढ्दो रहेको निष्कर्ष सहित सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरक्षाकर्मीसहित नियमित तथा आकस्मिक अनुगमन भइरहेको जानकारी दिएका छन ।

अनुगमनको क्रममा सार्वजनिक यातायात, उद्योग व्यवसाय, बजार, बस्ती, पसल, सडक, चोकलगायतका क्षेत्रमा मास्क प्रयोग अनिवार्य, सेनिटाइजर र भौतिक दूरीलगायत स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालनामा विशेष जोड दिइएको बताउदै सार्वजनिक स्थानमा दुई व्यक्तिबीच दुई मिटरको भौतिक दूरी अनिवार्य गरिएको जनाएको छ । यसवीचमा भौतिक दूरी पालना नगर्नेविरुद्ध कारबाही अभियान शुरु गर्नुको अलावा मास्क नलगाउनेलाई प्रहरीले नियन्त्रणमा लिन क्रम शुरु गरिएको जनाएको छ।