शनिबार, बैशाख ८, २०८१

मनसुनको सक्रियतामा थप तिव्रता, देशैभर वदली संगै भारी वर्षाका संभावना

काठमाडौं भाद्र १०,
जल तथा मौसम विज्ञान विभागले गएरनती देखि नेपालमा मनसुन थप सक्रिय भएको जनाएको छ । विभागले प्रकाशित गरेको बुलेटिनमा उल्लेख भएअनुसार नेपालको पूर्वी तराईको भूभाग नजिक मनसुनको न्यूनचापीय रेखा रहेका कारण पछिल्लो समय नेपालमा मनसुनको सक्रियतामा थप तिव्रता आएको उल्लेख गरिएको छ ।

त्यस्तै जारी बुलेटिनमा गएरातीबाट न्यूनचापीय रेखा अझ तराई भूभाग नजिक आउको यो क्रममा अर्थात उक्त रेखा अझै केहि दिन सोही क्षेत्रमा रहने भएकाले देशका धेरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

त्यस्तै विभागले बढ्दो भारी वर्षाको संभावना संगै आवश्यक सतर्कता अपनाउन आग्रह गर्दै प्रदेश नं १, २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका धेरै स्थानहरुमा बदली संगै वर्षा भइरहेको जनाएको छ।