शुक्रबार, बैशाख १४, २०८१

देशभर २ हजार ४८२ जना व्यक्ति कोभिड संक्रमितको पहिचान, ४४ को मृत्यु

काठमाडौं भाद्र ९,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको २४ घण्टामा देशभर २ हजार ४८२ जना व्यक्ति कोभिड संक्रमित पहिचान भएको जनाएको छ। मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा १५ हजार २९० जनाको पिसिआर परीक्षणको क्रममा १ हजार ८६२ र एन्टीजेन परीक्षण को क्रममा ६२० जनामा संक्रमण पुष्टि भएको जनाएको हो ।

त्यस्तै यसवीचमा देशभर ४४ जना कोभिड संक्रमितको मृत्यु भएको यो सगै मृतकको सख्या १० हजार ६१२ पुगेको जनाउदै मन्त्रालयले ​देशभर १ हजार ७८१ जना संक्रमित उपचार पछि डिस्चार्ज भएको जनाएको छ।

देशभर कुल संक्रमित मध्ये देशभर ३८ हजार २८७ जना सक्रिय संक्रमित रहेको र यसमध्ये ६१० जनाको आइसियुमा र १६१ जना संक्रमिततको भेन्टिलेटरमा रउपचार भइरहेको जनाएको छ।