शनिबार, बैशाख ८, २०८१

प्रस्तावित नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि ५५ केन्द्रीय सदस्य र २९ सांसदको सनाखत

लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि प्रतिनिधि सभाका १४ र राष्ट्रिय सभाका एक जना सांसदको सनाखत

काठमाडौं भाद्र ९,
निर्वाचन आयोगलले सनाखत सहित दल दर्ता प्रक्रियाको अन्तिम टुङ्गो लगाउने लक्ष्य अनुरुप आज आयोगमा उपस्थित हुँदै प्रस्तावित नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल सहितका सांसद तथा केन्द्रीय सदस्यहरुले सनाखत गरेका छन ।
नवगठित नेकपा एकीकृत समाजवादी पार्टी दर्ताका लागि पेश भएको नामावाली मध्ये ५५ केन्द्रीय सदस्य र २९ सांसदको सनाखत गरेको आयोगले जनाएको छ ।

१. माधवकुमार नेपाल २. मुकुन्द न्यौपाने ३. प्रदीप नेपाल ४. बेदुराम भुसाल ५. प्रमेशकुमार हमाल ६. राजेन्द्रप्रसाद पाण्डे ७. डा.विजयकुमार पौडेल ८.गंगालाल तुलाधर ९. प्रकश ज्वाला १०. नागेन्द्रप्रसाद चौधरी ११. जयन्ती राई१२. तुलबहादुर गुरुङ १३. जगन्नाथ खतिवडा १४. प्रतापलाल श्रेष्ठ१५. जीवनराम श्रेष्ठ १६. रामचन्द्र यादव १७. धर्मनाथप्रसाद साह १८. यदुवंश झा १९. रत्नेश्वर गोइत यादव २०. श्रीप्रसाद साह २१. रविन्द्र वैठा धोबी २२. लक्ष्मढा पौडेल २३. मदनकुमारी शाह (गरिमा) २४. देवशंकर पौडेल २५. विरोध खतिवडा २६. मेटमणी चौधरी २७. विश्वनाथ प्याकुरेल २८. प्रेमलकुमार खनाल २९. विजय गुरुङ ३०. सवित्रा भुसाल ३१. रामकुमारी झाँक्री ३२. गौरा प्रसाईं कोइराला ३३. रामकुमार ज्ञवाली ३४. खगेन्द्र चुडाल ३५. सरला कुमारी यादव ३६. सुधिरप्रसाद साह ३७. कल्याणी कुमारी खड्का ३८. शत्रुधन महतो ३९. रामचन्द्र साह ४०. दिनेशकुमार राई ४१. हंशबहादुर शाही ४२. शेरबहादुर केसी ४३. निरादेवी जैरु ४४. प्रेमबहादुर आले ४५. भागवत नेपाली ४६. चुडामणी विक जंगली ४७. धनेन्द्र बस्नेत ४८. राजेन्द्रकुमार राई ४९. बलदेव चौधरी ५०. डा.देउमान साम्बाहाम्फे ५१. भाष्कर काफ्ले ५२. कृष्णप्रसाद खनाल ५३. महम्मद महफुज अन्सारी ५४. हरिप्रसाद पराजुली ५५. केदार न्यौपाने रहेका छन ।

यसैवीच आजै महन्थ ठाकुर नेतृत्वको अर्को लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका  लागि समेत सनाखत गरिएको छ। आयोगका अनुसार प्रस्तुत दल दर्ताका लागि १५ जना सांसदले सनाखत गरेको आयोगले जनाएको छ । प्राप्त जानकारी अनुसार निलम्बनमा परेका सांसद मञ्जुरी पत्रमार्फत रेशम चौधरी सहित प्रतिनिधि सभाका १४ र राष्ट्रिय सभाका एक जना सांसदले नयाँ दल दर्ताका लागि सनाखत गरेको बुझिएको छ।

त्यस्तै आयोगले सनाखत प्रत्रियाको अवस्थालाइ दृष्टिगत गर्दै यी दुवै दललाइ आजै मान्यता प्रदान गर्दै प्रमाण पत्र समेत दिइने बताइएको छ ।