शनिबार, बैशाख २९, २०८१

उपत्यकामा दिनानुदिन बढ्दो कोभिड संक्रमणको रफ्तारसंगै जारी निषेधाज्ञा थप कडाइ गर्ने तयारी

काठमाडौँ साउन २६,
उपत्यकामापछिल्लो समय दिनानुदिन बढ्दो कोभिड संक्रमणको रफ्तारसंगै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप गरी कडा पार्ने तयारी भएको छ । यस विषयमा छलफल गर्न आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दै छ।

सम्वद्ध स्रोतका अनुसार आज दिउँसो २ बजेपछि बस्ने ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्तबैठकले निषेधाज्ञाको अवधि थप गर्ने र यसलाई अझ वैज्ञानिक बनाउने निर्णय गर्ने तयारी रहेको थाहा भएको छ। गत बैशाख १६ गते देखि श्रृखलावद्ध   रुपमा जारीनिषेधाज्ञाको पछिल्लो चरणको समय सिमा बुधवार अर्थात भोलीबाट सकिंदै छ।