बुधबार, बैशाख १२, २०८१

 संघीय संसदका दुवै सदनको बैठक आज बस्दै [यस्तो छ कार्यसूची]

काठमाडौँ साउन २६,
संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दैछ भने त्यस्तै राष्ट्रिय सभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।

प्रतिनिधि सभाको आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, राष्ट्रिय सभाको बैठकमा ‘रेल्वे विधेयक, २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेस हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको  छ ।