मङ्लबार, बैशाख ११, २०८१

घरजग्गा र सम्पत्ति कर नतिर्ने चार दर्जन भन्दा बढि करदाताको सम्पत्ति रोक्का हुँदै

काठमाडौँ साउन २६,
काठमाडौँ महानगरपालिकाले आफ्नो अधिनस्थ क्षेत्रभित्र रहेका घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गर्ने भएको  छ।महानगरले पटकपटक घरजग्गा र सम्पत्ति कर तिर्नका लागि करदातालाई सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन आग्रह गर्दा समेत
महानगरको आग्रहलाइ वेवास्ता गर्दै मुकदर्शक भएर बसेको महानगर राजश्व विभागले जनाएको छ।

त्यसोत महानगरले यसअघि गत असार १६ गते पहिलो चरणमा कर तिर्न आनाकानी गरेका २० ठूला करदाताको नाम सार्वजनिक गरेसंगै सम्पर्कमा आएका युनाइटेड वल्र्ड टेड सेन्टर, नेशनल हस्पिटल, नेशनल हस्पिटल रएनआरटी क्लबलगायतका केही करदाताले घरजग्गा र सम्पत्ति करको पहिलो किस्ता बुझाएको जानकारी दिएको छ।

त्यसपछिको चरणमा महानगर राजश्व विभागले कर छुटको अवधारणा सहित दिएको अवसरको समेत करदाताले वेवास्ता गरेसंगै ४दर्जन भन्दा बढि कर नतिर्ने करतादाको नाम सार्वजनिक गर्दै नाम सार्वजनिक भएका करदाताले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने र सम्पत्ति रोक्का गर्नेलगायतका कानूनी प्रक्रियामा जाने अन्तिम तयारी भएको जनाएको छ ।

विभागले  नाम सार्वजनिक गरेका करदाताहरु क्रमस रवीन्द्रबहादुर मल्ल, दिव्यशम्सेर जबरा, जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, कान्तिपुर होटल, शिशु अर्याल, होटल ग्याङ्जोङ , सिटी होटल्स, शुभकामना हाउजिङ डेभलर्पस प्रालि, ओम सान इन्टरनेशनल कलेज [हेल्पिङ ह्यान्ड्स], गोपीकृष्ण मुभिज प्रालि, झिग्मी सिग्मी पर्वल विष्ट, काठमाडौँ जेसिस, खाद्य संस्थान, सिग्नेचर अपार्टमेन्ट, अम्बे कम्प्लेक्स, टाउन डेभलपर्स प्रालि, राजेन्द्रकुमार कांवरा, ब्लुबर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, बुद्ध महल, सिद्धार्थ वनस्थली स्कूल, जनमैत्री अस्पताल रहेका छन् ।

त्यसैगरी ब्याट्री कारखाना, होटल मस्र्याङ्दी, ह्वाइट फिल स्कूल, प्रदीप रत्न ताम्राकार, उदयरत्न ताम्राकार, विजयरत्न ताम्राकार, आदर्श नगर बिजनेश प्रालि, वसुन्धरा तुलाधर, रञ्जना ट्रेड सेन्टर, केशा प्रोपर्टिज प्रालि, वैशाली होटल प्रालि, नेपाल स्काउट, साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर भवन, कर्मचारी सञ्चयकोष भवन, नेपाल रेडक्रस सोसाइटी, नेपाल विद्युत् प्राधिकरण, नेशनल ट्रेडिङ लिमिटेड, नेपाली जामे मस्जिद, प्रवीणबहादुर केसी, मैतीदेवी प्लाजा, भरत गिरी [युनिभर्सल स्कूल], गगनवीर सिंह कंसाकार, केएल टावर, एपोलो प्रालि, सिटी सेन्टर, अजयराज सुमार्गी पराजुली, शिशु अर्याल ९अल इन मार्ट०, वरुण वेभरेज प्रालि, रिद्धिसिद्धि डेभलपर्स रहेको विभागले जनाएको छ ।