शनिबार, बैशाख २९, २०८१

आज प्रजातन्त्रका पिता, लौह पुरुष गणेशमान सिंहको १ सय ६ औँ जन्म जयन्ती मनाइँदै

ओली नेतृत्वको सरकारले नियाजित अस्थीरतासंगै भ्रष्टाचारबाहेक जनतालाई केही दिन नसकेको नेता  सिंहको आरोप

काठमाडौं कार्तिक २४,
प्रजातन्त्रका पिता लौह पुरुष गणेशमान सिंहको आज १ सय ६ औँ जन्म जयन्ती आज मनाइँदैछ । नेपाली कांग्रेसका संस्थापक नेतासमेत रहेका सर्वोच्च नेता सिंहको जन्मजयन्तीका अवसरमा विहान काठमाडौं महानगरपालिका वडा १५स्थित शोभा भगवतीमा उहाँको शालिकमा माल्यार्पण गरिएको छ ।

त्यस्तै सिंहको सम्झनामा नेपाली कांग्रेस र उसका भ्रातृ संगठन तथा गणेशमान सिंह अध्ययन प्रतिष्ठानलगातका संघ संस्थाले विभिन्न भर्चुअल कार्यक्रम सहित  सिंहप्रति श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम तय गरेको जानकारी प्राप्त् भएको छ। साथै आजै राजधानीको रत्पार्कस्थित शान्ति वाटीकामा पनि  विशेष  कार्यक्रमको आयोजना गरिएको छ।

मुलुकमा जहाँनिया  राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना तथा २०४६ सालको बहुदलीय प्रजातन्त्र स्थापनाका लागि भएको आन्दोलनको नेतृत्वलगायतका भूमिकामा सिंहको अविस्मरणीय योगदान रहेको छ ।

यसैवीच महानगरपालिका वडा १५स्थित शोभा भगवतीमा उहाँको शालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहका सुपुत्र तथा कांग्रेसका नेता प्रकाशमान सिंहले मसलुकमा कोभिड संक्रमणको यस्तो विषम अवस्थामा केपी ओली नेतृत्वको सरकारले नियाजित अस्थीरतासंगै भ्रष्टाचारबाहेक जनतालाई केही दिन नसकेको आरोप लगाउदै सरकारको अर्कमण्यताको आलोचना गरेका छन ।

उनी आफ्नो जीवनकालमा कुनै पनि लाभको पदमा नबसी सेवा गरेकोले त्यागी नेताका रुपमा सम्झना गरिन्छ । १९७२ कार्तिक २४ गते काठमाडौंको यट्खा टोलमा सिंहको जन्म भएको थियो भने २०५४ साल असोज २ गते निधन भएको थियो ।