बिहिबार, बैशाख ६, २०८१

कार्तिक २७ मा बस्नेगरि फेरि सर्‍यो कांग्रेस केन्द्रीय समितिको बैठक

काठमाडौं कार्तिक २२ ,
प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि  कात्तिक २७ गते अपराह्न १ बजे बस्ने भएको छ । यसअघि कात्तिक १९ गते बोलाइएको बैठक सोमबारका लागि सारिएको थियो । कात्तिक २१ गतेका लागि तय भएको बैठक पूर्व पार्टी भित्र जारी विवाद समाधानका लागि नेताहरुवीच सहमति बन नसकेपछि  फेरि  कार्तिक    २४ गते बस्ने गरि सारिएको थियो ।

तर कार्तिक २४ अर्थात सोमवार बस्ने भनिएको बैठक पार्टी उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका सुरक्षाकर्मीमा कोभिड संक्रमण देखिएपछि होम आइसोलेशनमा रहेका कारण पुन ३ दिन पछि सारिएको काँग्रेस मुख्यालयले जनाएको  छ ।

त्यस्तै  कार्तिक २७ मा बस्ने  बैठकका लागि    केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुको लागि अनुरोध गरिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले निकाल्नुभएको विज्ञप्तिमा भनिएको छ ।
साथै  काँग्रेस मसख्यालयले केही दिनदेखि जारी पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी बैठक भने आज सम्पन्न भएको जनाएको  छ।