शनिबार, बैशाख २९, २०८१

नेपाली सांस्कृतिक सम्पदाको खानी: प्रम ओली

काठमाडौ पुस ७,  १५ औं ज्यापु दिवसको अवसरमा राजधानीमा आज ज्यापु संस्कृति विकास कोषद्वारा आयोजित सास्कृतिक सभालाइ सम्बोधन गर्दै  प्रधानमन्त्री केपी ओलीले नेपाल नेपाली सांस्कृतिक सम्पदाको खानी भएको बताउँनु भएको छ । त्यस्तै उहाँले नेपाली कला र संस्कृतिको विषयमा करा गर्दा नेवारी संस्कृति अग्रपंक्तिमा रहेको जनाउ दिदै यि यस्ता महत्वपूर्ण कला, संस्कृति नै नेपाल नेपालीको गौरवको विषय भएको बताउँनु भएको छ ।

त्यस्तै उहाँले सम्बोधनको क्रममा आफ् नेतृत्वको सरकार मुलुकको स्वाभिमानको पक्षमा उभिने अठोटका साथ अघि बढेकाले कसैले केही विगार्न नसक्ने बताउनु भएको छ । त्यस अवसरमा प्रम ओलीले दिवसका अवसरमा प्रकाशित स्मारिका विमोचन गर्नुका साथै ज्यापु कला र संस्कृति विकासमा योगदान गर्ने प्रवद्र्धनमा योगदान पु¥याउने विभिन्न व्यक्तित्वलाइ सम्मान  गर्दै कोषलाइ प्रम ओलीले २१ लाख आर्थिक सहयोग आगामी १५ दिनभित्र उपलब्ध गराउने घोषणा समेत गर्नु भएको छ  । 

कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका भेषभूषा, कला र संस्कृतिको जर्गेना गर्न काठमाडौं महानगर सवैव प्रतिबद्ध रहेको बताउँनु भएको उक्त कार्यक्रममा ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मगलकृष्ण सिंह लगायतले वोलु भएको थियो ।

औपचाकिर कार्यक्रम अघि ज्यापु समुदायको भेषभूषा, रहन सहन झल्कने विविध सास्कृतिक वाजागजा सहितको क्ष्यालीले नगरको भित्रिी भागको परिक्रममा गरेका थिए ।