बिहिबार, बैशाख १३, २०८१

आजबाट पाँचौं एजे कप छात्र छात्रा भलिबल प्रतियोगिता शुरु

भक्तपुर पुस ७, काभ्रेपलाञ्चोकसहित उपत्यकाव्यापी अन्तरविद्यालयस्तरीय पाँचौं एजे कप छात्र छात्रा भलिबल प्रतियोगिता शनिवारबाट शुरु भएको छ। भलिबलको नियमित प्रशिक्षण समेत सञ्चालन गर्दै राष्ट्रिय स्तरका खेलाडी समेत उत्पादन गर्न सफल आदर्श ज्योती (एजे) स्कुल पाण्डुबजारको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो।

प्रतियोगितामा काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेकागरी कुल २० विद्यालयका छात्र र छात्रा दुवैतर्फ गरी ३२ टोलीको सहभागिता रहने आयोजक विद्यालयका प्रिन्सिपल कृष्णराम दुवालले बताए।भलिबल खेलप्रति नयाँ पुस्ताको आर्कषण बढाउन सहयोग पुग्ने उद्देश्यले नियमित रुपमा प्रतियोगिता आयोजना गरेको बताउँदैं प्रिन्सिपल दुवालले भने, ‘गत वर्षसम्म थोरैमात्र विद्यालय र टीमको सहभागिता रहेकोे यो प्रतियोगितामा यो वर्ष उल्लेख्य टीमको सहभागिता भएको छ, यसले हामीलाई अझ उत्साहित बनाएको छ।’ उनका अनुसार प्रतियोगितामा काठमाडौंका ८, भक्तपुरका ८, ललितपुरका २ र काभ्रेका १ विद्यालयको सहभागिता रहेको छ।

प्रतियोगितामा आयोजकसहित सैनिक महाविद्यालय, भक्तपुर, दीव्यदीप इंग्लिस सेकेण्डरी स्कूल, भक्तपुर, आदर्श जनप्रेमी मावि, भक्तपुर, श्री पद्म मावि, भक्तपुर, थ्रीस्टार इंग्लिस सेकेण्डरी स्कुल, काठमाडौं, एडभान्स मावि, ललितपुर, पिनाकल मावि, ललितपुर, ग्लासियर मावि, काठमाडौं, गीताञ्जलि उमावि, काठमाडौं, लालीगुराँस राष्ट्रिय स्कुल, काठमाडौं, गान्धी उमावि, काठमाडौ, ज्ञानकुञ्ज प्रतिष्ठान, काभ्रे, सूर्यदिप इंग्लिस सेकेण्डरी स्कुल, भक्तपुर, न्यू डायमण्ड सेकेण्डरी स्कूल, काठमाडौं, पारामाउण्ट स्कुल, काठमाडौं, परोपकार स्कूल, काठमाडौं, विजेश्वरी ज्ञान मन्दिर, काठमाडौं र ख्वप मावि, भक्तपुर, ग्लिटर फ्यु्चर स्कुल, भक्तपुर सहभागी हुनेछन्।

प्रतियोगिता संयोजक एवं भलिबल खेलका प्रशिक्षक एवं राष्ट्रिय खेलाडी रुकेश शाहीले स्पर्धाका लागि एजे स्पोट्र्स क्लबको विशेष सहयोग रहेको बताउँदै प्रतियोगिताअन्तर्गत प्रथम, द्धितीय र तृतीय हुने विद्यालयलाई शिल्ड, मेडल, प्रमाणपत्रका साथै नगद पुरस्कारसमेतको व्यवस्था रहेको बताए। आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने टीमले रु. १० हजार, द्धितीय हुने टीमले रु. ५ हजार र तृतीय हुने टीमले रु. ३ हजार नगद पुरस्कार पाउने छ। नेपाल भलिबल संघ र फेडेरेशन अफ इन्टरनेशल भलिबल(फिब) को नियमानुसार प्रतियोगिता हुने आयोजकको भनाइ छ। प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, प्लेयर अफ दि टुर्नामेन्ट घोषणा गरी पुरस्कृतसमेत गरिने छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।