शुक्रबार, बैशाख १४, २०८१

८८ किलो सुन प्रकरणमा थप पाँच पक्राउ

काठमाडौ असोज ४,  महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले गत भाद्र १९ गते राजधानीको क्षेत्रपाटीबाट गाडी र चालक मनोज अधिकारी सहित बा१७च ६४२७ नंको टाटा सफारी गाडीबाट बरामद गरेको ८८ किलो सुन प्रकरणको अनुसन्धानको क्रममा प्रहरीले थप पाँच जनालाई पक्राउ गरेको छ ।
Nepal-policeमहाशाखाका प्रमुख दिवेश लोहनीले आज आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार अनुसन्धानको क्रममा प्रहरीले कार्यविनायक सुनचाँदी गहना पसल रञ्जना ट्रेड सेन्टरका गणेशदत्त बडू, रविश्याम ट्रेडर्स नरदेवीका सत्यनारायण अग्रवाल, शाक्य सुनचाँदी पसल बाङ्गेमुढाका शुभरत्न शाक्य, सिद्धनाथ सुनचाँदी पसल खार्नी वटुका उल्लास दिनकर सालुखे र पशुपति सुनचाँदी पसल खार्नी वटुकै नन्दकुमार लाई पक्राउ गरेको जानकारी दिनु भएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका अभियुक्तहरु अवैध सुनकाृ ओसार पसार र विक्रिवितरणमा संल्गन रहेको बताइएको छ । त्यस्तै प्रहरीले बडूसँग रु १० लाख ८२ हजार नेपाली रुपैयाँ, आठ हजार भारतीय रुपैयाँ र एक हजार १०० अमेरिकी डलर त्यस्तै अग्रवालसँग रु १३ लाख नेपाली रुपैयाँ र शाक्यसँग रु एक करोड ४२ लाख नगद र एक केजी सुन समेत वबरामद गरेको जानकारी दिदै यस घटनामा थप अन्यको पनि सहभागिता रहेका प्रहरीले सूचना प्राप्त गरिसकेको जानकारी सहित छिट्टैनै बाँकी अभियुक्तहरुलाइ पक्राउ गरिने जनाएको छ ।