बिहिबार, बैशाख १३, २०८१

प्रदेशसभा सदस्यको लागि काठमाडौ काँग्रेसका युवा नेताद्दय पाण्डे र श्रेष्ठ चुनावी मैदानमा

काठमाडौ असोज ४, आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका दिन नजिकिदै गर्दा विभिन्न दल आवद्ध नेता नेताहरुले आफु जनाधार प्राप्त व्यक्तित्व भएको दावी सहित आ-आफ्नो उम्मेदावारी घोषणा गर्ने श्रृखलाले व्यापकता पाउँन थालेका छन । १० वटा निर्वाचन क्षेत्र रहेको  काठमाडौं काँग्रेसको तर्फबाट प्रतिनिधी सभामा दोस्रो संविधान सभाको निर्वाचनमा विजयी भएका पुराना अनुहारकै वाहुल्यता रहने प्राय लगभग निश्चित भएका Captureकारण प्रदेशसभा सदस्यका लागि दर्जनौ युवा नेताले उम्मेदवारीको लागि आकंक्षा व्यक्त गरेका छन ।

यसैक्रममा काठमाडौं निर्वाचन क्षेत्र न ८ अन्र्तगत कामपा वडा न १५ र जार्गाजुन नगरपालिकाको वडा न .४ र ५ को प्रतिनिधीत्व गर्दै काठमाडौं काग्रेसका जिल्ला सदस्य समेत रहेका युवा नेता अमिन पाण्डेले प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दिने प्राय निश्चित भएको छ,एमनेष्टी इण्टरनेशनल नेपाल , शान्ति युवा क्लव, शान्ति युवा क्लव , सामुदायिक सेवा मञ्च उपभोक्ता मञ्च नेपाल, काठमाण्डौ जिल्ला ,युवा शान्ति समाज, उपत्यका सामुदायिक सेवा समन्वय परिषद्, ,उपत्यका सामुदायिक सेवा समिति लगायतका दर्जनौ सामाजिक संघसंस्थामा अविराम सक्रिय हुँदै आएका युवा नेता पाण्डेलाइ अन्य आकंक्षी भन्दा अब्वल उम्मेदवारको रुपमा हेरिएको छ । पेशाले कानुन व्यवसायी समेत रहेका नेता पाण्डे संवैधानिक कानून, मानव अधिकार कानूनका उच्चकोटीका विद्यार्थी समेत हुन । त्यस्तै युवा नेता पाण्डेको उम्मेदवारी घोषणासंगै अहिले कामपा वडा न.१५ मा नौलौ तरङ सिर्जना भएको स्थानीयले बताएका छन ।  त्यसो त आसन्न प्रदेशसभाको निर्वाचनमा एकजना नेवार र एकजना गैरनेवारलाई अघि बढाउनुपर्ने अवस्थाका  कारण  प्रदेश सभाका २ सिटका लागि अन्य आकाक्षीले पनि चाहना अभिव्यक्त गर्दै आएका छन । प्राप्त जानकारी अनुसार जुद्ध बज्राचार्य, कृष्णा अमात्य देवरत्न डंगोल लगायत आधादर्जनको नाम चर्चामा रहेको बुझिएको छ ।

त्यस्तै काठमाडौं निर्वाचन क्षेत्र ८ अन्र्तगतनै कामपा वडा न १३,१९,२०,२३ र २४ को प्रतिनिधीत्व गर्दै प्रदेशसभा सदस्यको लागि क्षेत्र न ८का क्षेत्रीय सचिव राजेश श्रेष्ठले उम्मेदवारी दिने भएको छ । दर्जनौ सामाजिक संघसंस्थामा अविराम सक्रिय  उम्मेदवार श्रेष्ठ पनि अन्य आकंक्षी भन्दा अब्वल र लोकप्रिय युवा नेताको कोटीमा गनिन्छ ।  तर हाम्रो भन्दा राम्रो र जनतामाझ लोकप्रिय व्यक्तित्व छनौट गर्नुको अलावा काँग्रेस शिर्ष नेतृत्व राम्रो भन्दा हाम्रो मान्छेमा उल्झ्यो भने स्थानीय तहको निर्वाचनमा भोगेको नियती भोग्नबाट काँग्रेसलाइ कसैले रोक्न् सक्दैन । तसर्थ यसपटक विगतबाट पाठ सिक्दै प्रतिनिधी सभा र प्रदेश सभाको सदस्यको निर्वाचनमा काँग्रेसले जनाधार भएको राम्रो मान्छे रोज्न किन्चित पनि अलमलिनु हुन्न भन्ने आम काँग्रेसजनको सुझाव रहेको छ ।