शनिबार, बैशाख १५, २०८१

ओ एस नेपाल म्युजिक अवार्ड २०७४ सम्पन्न

  काठमाडौं भाद्र २४ , गीत संगितको क्षेत्रमा लागेकाहरुको उच्च मुल्याकंन गर्दै वर्षेनी सम्मानीत गर्दै आएको ओएस नेपालले यो वर्ष पनि गित संगीतका क्षेत्रमा उत्कृष्ट कामगर्ने श्रष्टाहरुलाई सम्मान गरको छ ।  ओएस नेपालले शुक्रवार ओएसनेपाल म्युजिक अवार्ड मार्फत गीत संगीतका साधकलाई सम्मानित गरेको छ । गीत 21433081_10212521531806088_8918115528201910002_nसंगीतको साधनामा लागको ४८ विधाका श्रष्टालाई सम्मान गरको हो । जसमा लोक गीत, लोकदोहोरी, पप, आधुनिक, नेवारी भाषा र भोजपुरी भाषाका गित संगीत क्षेत्रका साधकलाई सम्मान गरेको हो ।

लोकदोहोरी तर्फ उत्कृष्ठ म्युजिक एरेन्जरमा कृष्ण विक, डाइरेक्टरमा कपिल लामा, म्युजिकमा सहदेव कोइराला, म्युजिक भिडियो मोडल तर्फ पुरुषमा, दुर्गेश थापा र वेष्ट भोकल नवोदित गायिका संगिता मगरले अवार्ड 21369462_10212521533846139_6510665454066274069_nप्राप्त गरेका छन् ।  त्यस्तै वेष्ट लिरिक्समा कस्तुप पन्त र वेस्ट म्युजिक भिडियो इडिटरमा दिपक विष्ट परेका छन् । लोकगित तर्फ उत्कृष्ट गायकमा पुस्कल शर्मा मलामी सम्मानीत भएका छन् भने आधुनिक गितमा सर्वोत्कृष्ट गायक सुरज कुमार थापाले अवार्ड हात पारे ।

21432775_1543463722364240_7842480062062529556_n21432730_1910533208963548_4812442891263904071_n5-2आधुनिक गितको नव गायकमा सुरेन गौतमलाई सम्मानित गरीयो । त्यस्तै पप संगितमा अमित जावला, महिला तर्फ लिरिक्समा अस्मिता सुमेरी, वेस्ट पप गीत नव गायकमा रुदेश डंगोलले अवार्ड चुमेका छन् । वेष्ट पप गीत फिमेल पूजा गुरुगं अगाडी आएकी छन् । ओएस नेपाल म्युजिक अवार्डले अन्य राष्ट्रिय भाषाका संगित साधकलाई पनि 21463128_10212521532366102_4599396631018481112_nसमेटेको छ ।  जसमा नेवारी गित तर्फ भुपेन वज्राचार्य, नेवारी गायकमा कृष्ण भट्ट महर्जन, भोजपुरी गितमा गायक संतोष राज अवार्डका लागि चुनिए । ओ एस अवार्डमा राष्ट्रिय गित लिरिक्समा उमेश लम्साल चुनिए । पप गित संगित तर्फ वेस्ट म्युजिक भिडियो डाइरेक्टर, पपमा सुरेश श्रेष्ठ, वेष्ट पप गीत फिमेल रिता गुरुगंले अवार्ड हात पारे । सबै विधामा उत्कृष्ट हुनेहरुलाई वरिष्ठ गायिका तिर्थकुमारी थापाले पुरस्कार वितरण गरेकी थिइन् ।

ओ एस नेपालले आफ्नो सांगीतिक क्षेत्रमा सहयोग पुर्याउने संचारकर्मीलाई पनि सो अवसरमा सम्मान 21369455_10212521526965967_1338796188844352203_nगरेको छ । जस अन्तर्गत सुर्य वस्याल, कमल सरगम  संचारकर्मी सम्मानीत भएको छ । सांगीतिक क्षेत्रमा लागेको लामो समय पछि त्यसको मुल्याकंन गर्दै ओएसनेपालले सम्मानित गरेको भन्दै सम्मानित संगित साधकले खुसी ब्यक्त गरेका छन् ।