शुक्रबार, चैत्र १६, २०८०

नानीचाःया जात्रा मनाए सङगैं सकियो राष्ट्रिय पर्व इन्द्रजात्रा

काठमाडौं  भाद्र २५ ,   उपत्यकाको ऐतिहासिक एवम् राष्ट्रिय पर्व इन्द्रजात्रा मंगलवार नानीचाःया जात्रा मनाए सङगैं समापन भएको छ । आज अपरान्ह श्री कुमारी, भैरव र गणेशको रथ रथलाई प्याफल, यट्खा, नरदेवी हुँदै किलागल, भेंडासिंह, इन्द्रचोक, मखन हुँदै कमारी घरमा पुर्‍याइ कुमारी, भैरव र गणेशलाई भित्र्याइएको थियो ।

Anup_20160920_5 Anup_20160920_9 Anup_20160921_23 Anup_20160920_7 Anup_20160921_19भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाअगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिंगो ठड्याइएपछि सुरु भएको जात्रा एकसाता सम्म मनाइने गरिन्छ । नानीचाःया जात्राका दिन जिवित देवी श्री कुमारी श्री भैरव र श्री गणेशको रथलाई प्याफल, यट्खा, नरदेवी किलागल, भेंडासिंह, इन्द्रचोक र मखन हुँदै कमारी घरमा पुर्‍याई कुमारी, भैरव र गणेशलाई भित्र्याइएको थियो ।

यसैबीच, जात्राको अन्तिम दिन लिंगो ढाल्नुअघि गणेश, भैरव र कुमारीको हातबाट राष्ट्रपति विद्या भण्डारीले टीका तथा प्रसाद ग्रहण गरेकी छन् । प्रसाद ग्रहण पछि राष्ट्रपति भण्डारीले कुमारी घरको निरिक्षण समेत गर्नु भएको थियो । हरेक वर्ष राष्ट्रप्रमुखले यि जिवित देवी र देवताको हातबाट टीका तथा प्रसाद ग्रहण गर्ने परम्परा अनुरुप आज राष्ट्रपति भण्डारीले टीका तथा प्रसाद ग्रहण गर्नु भएको हो । त्यस्तै राष्ट्रपति डा रामवरण यादव पनि कुमारी, भैरव र गणेशको दर्शन गरी प्रसाद ग्रहण गर्नु भएको थियो । त्यस्तै इन्द्रजा त्राको क्रममा मंगलवार पनि लाखे नाच, हलचोक भैरवको नाच र पुलुकिसी नाच देखाइएको थियो ।

पौराणिक कथाअनुसार आफ्नी आमालाई वसुन्धराको व्रतका निम्ति पूजा सजाउन स्वर्गलोकका इन्द्र काठमाडौं आएका थिए । अरूको बारीमा गएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनमा इन्द्रजात्रा मनाउने गरेको लोक कथन छ । त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लगेको मान्यता रहि आएको छ ।