बिहिबार, बैशाख २७, २०८१

राष्ट्रपतिद्वारा दुःख व्यक्त

काठमाडौं श्रावण २१,  राष्ट्रपति विद्यादेवी भण्डारीले बागलुङको ढोरपाटन नगर र निसीखोला गाउँपालिकामा पहिरोमा पुरिएर शुक्रबार एकैघरका Captureचारजनासहित ६ जनाको तथा डोटीमा जिप दुर्घटनामा परी नौजनाले जीवन गुमाएकामा गहिरो दुःख व्यक्त गरेकी छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेद्दारा आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिले देशका विभिन्न भागमा बाढीपहिरो तथा सडक दुर्घटनामा भएको जनधनको क्षतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै प्राकृतिक प्रकोपबाट हुने क्षति घटाउन सरकार सधैँ सजग रहनुपर्नेमा राष्ट्रपतिले जोड दिनु भएको उल्लेख गरिएको छ ।
त्यस्तै विज्ञप्त्मिा उनले बाढी पहिरोलगायत प्राकृतिक प्रकोपका घटना र सडक दुर्घटनाबाट हुने जनधनको क्षतिप्रति सचेत रहन सम्बद्ध सबै सरकारी निकायलाई अविलम्ब ध्यान दिन समेत आग्रह गर्नुभएको छ ।