बिहिबार, बैशाख १३, २०८१

योजना आयोगको उपाध्यक्षमा वाग्ले नियुक्त, प्रहरी अतिरिक्त महानिरीक्षकमा ११ जना बढुवा

मन्त्रिपरिषद् बैठक:

काठमाडौं श्रावण १९,  मन्त्रिपरिषद्को आज बसेको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ । यसअघिका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि सो पद रिक्त थियो । नवनियुक्त डा वाग्ले यसअघि दुई पटक आयोगको सदस्य भएका थिए ।

pm-office-11012017102857-600x0त्यस्तै आजको बैठकले नेपाल प्रहरीको एआइजीमा ११ जनालाइ बढुवा गर्ने निर्णग गरेको बैठकपछि सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले दिएको जानकारी दिनु भएको छ  । बढुवाको निर्णय भएका एआइजीहरु क्रमस बढुवा भएकामा प्रहरी नायब महानिरीक्षकहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टराई रहेको उहाँले जानकारी दिनु भएको छ ।

त्यस्तै बैठकले अमेरिकी सरकारी निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’बाट आगामी पाँच वर्षभित्र सडक यातायात र विद्युत् प्रशारणसम्बन्धी कार्य सम्पन्न गर्ने गरि प्राप्त हुने रु ५१ अर्ब ३८ करोड सहायता रकम स्वीकार गर्ने निर्णय पनि समेत गरेको छ ।