बुधबार, बैशाख १२, २०८१

म.प बैठक: बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिको परिवारलाई प्रतिव्यक्ति २ लाख राहत

बाढीग्रस्त  क्षेत्रको निरीक्षण तथा अनुगमनका लागि सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा सप्तरी, महोत्तरीलगायत जिल्ला जाने 

काठमाडौ श्रावण २९ , मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले विगत केही दिनदेखि परेको अविरल वर्षाले देशका विभिन्न भागमा आएको बाढी र पहिरोमा परी जनधनको क्षति भएकोमा दु :ख व्यक्त गर्दै बाढीपहिरोका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई प्रतिव्यक्ति रु २ लाख दिने निर्णय गरेको छ ।

pm-office-11012017102857-600x0प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले उद्धार तथा राहतका लागि आवश्यक सवै उपाय अपनाउँदै उद्धार र राहत वितरण कार्यलाइ प्रभावकारी बनाउने निर्णय सहित मन्त्रिपरिषद्का सदस्यहरुको एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय भएको सरकार प्रवक्ता मोहनबहादुर बस्नेतले जानकारी दिनुभएको छ ।

यसैगरी बाढीग्रस्त क्षेत्रको निरीक्षण तथा अनुगमनका लागि सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा सप्तरी, महोत्तरीलगायत जिल्ला जानुहुने कार्यक्रम रहेको पनि उहाँले जानारी दिनु भएके छ ।