शुक्रबार, बैशाख १४, २०८१

राप्रपाको विभाजन, राणाको अध्यक्षतामा राप्रपा प्रजातान्त्रिक गठन

काठमाडौ श्रावण २२,  गत मङ्सिर ६ गते पार्टी एकीकरण र फागुन ६ मा एकता अधिवेशन मार्फत एकाकार भएको राप्रपा फुटेको छ । पार्टी अध्यक्ष कमल  थापाले एक पक्षीय रूपमा निर्णय गर्ने गरेको, पार्टीको मूल सिद्धान्तका रूपमा रहेको हिन्दू राष्ट्र र संवैधानिक राजसंस्थाबाट संस्थापन पक्ष विचलित भएको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणा पार्टीबाट वाहिरिएका छन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ७५ केन्द्रीय सदस्य तथा २२ सांसदसहित पार्टीबाट वाहिरिएलगत्तै नेता पशुपतिशम्शेर राणाको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) गठनका लागि आजै निर्वाचन आयोगमा आवश्यक प्रक्रिया शुरु गरिएको छ ।