बिहिबार, बैशाख १३, २०८१

काठमाडौ जिसस प्रमुखमा वैद्य निर्वाचित

काठमाडौ श्रावण २२,  काठमाडौं जिल्ला समन्वय समितिको प्रमुखका लागि भएको निर्वाचनमा एमालेका शिव वैद्य सहित सवै पदमा एमालेका उम्मेदवार निर्वाचित भएका छन ।  आज भएको जिसस निर्वाचनमा वैद्य १५ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।
Captureनिर्वाचनमा वैद्यका प्रतिस्प्रधि कांग्रेसका शशीप्रसाद गिरीले ७ मत प्राप्त गर्नुभएको थियो । त्यस्तै उपप्रमुखमा पनि एमालेकै सरिता दाहाल १५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी पञ्चकुमार श्रेष्ठले ७ मत प्राप्त गर्नु भएको थियो ।

त्यस्तै निर्वाचित सदस्यहरुमा क्रमस ७ सदस्यीय समितिमा रघुनाथ तिमिल्सेना, उद्धव भण्डारी, कृष्ण लम्साल, तेजिला थापा, सावित्रा ढकाल, सान्नानी लामा र शिला शर्माकार रहेका छन । नवनिर्वाचित पदाधिकारी र सदस्यलाई आजै शपथ गराइएको छ ।

 यसैवीच जिसस  प्रमुखमा निर्वाचित शिव वैद्य सहित सवैमा सफल कार्यकालको लागि यस  http://www.kantipurhotline.com को तर्फबाट हार्दिक शुभकामना अभिव्यक्त गर्दछौं ।