शुक्रबार, बैशाख १४, २०८१

राजपा मुलुकको आसन्न सवै निवार्चनमा सहभागी हुँने

छाता चुनाव चिह्न नपाएमा साइकल चिह्न लिएर राजपा निर्वाचनमा जाने

काठमाडौ भाद्र  ८,   राष्ट्रिय जनता पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने निर्णय गरेको छ । राजधानीमा जारी पदाधिकारी बैठकपछि राजपाले आफ्नो प्रमुख माग संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसमा प्रस्तुत भइ प्राविधिक रुपमा असफल भए पनि आफ्ना अधिकार र पहिचान स्थापित morcha-1-1-896x510भएको हुँदा आगामी दिनमा हुने सबै निर्वाचनमा भाग लिने निर्णग गरेको हो ।

पदाधिकारी बैठकको निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकारसम्मेलनमा आसन्न तेस्रो चरणको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारी चयन गर्न निर्वाचन हुने आठवटै जिल्लामा केन्द्रीय पर्यवेक्षक पठाउने निर्णय सहित राजपाले  बाढीपीडितलाई राहत, पुनःस्थापना तथा क्षतिको पुनः निर्माण गर्न बाढी प्रभावित पुनः निर्माण प्राधिकरण गठन गर्न मागसमेत गरेको छ ।  त्यस्तै पत्रकारसम्मेलनमा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले स्थानीय तहको निर्वाचनमा अ निर्वाचनमा छाता चुनाव चिह्न नपाएमा साइकल चिह्न लिएर निर्वाचनमा जाने आफ्नो योजना रहेको जनाउ समेत दिए ।