शुक्रबार, चैत्र १६, २०८०

४४ प्रजिअको सरुवा को- काहाँ ?

Microsoft Word - cdo 5-8Microsoft Word - cdo 5-8
Microsoft Word - cdo 5-8काठमाडौ भाद्र ८,
गृह मन्त्रालयले ४४ प्रजिअको सरुवा गरेको छ ।  मन्त्रालयले १३ राजपत्राङ्कित प्रथम तह र ३१ द्वितीय तहका कर्मचारीको आज सरुवा गरेको मन्त्रालयद्दारा जारी सूचनामा उल्लेख गरिएको छ । जारी सूचनामा उल्लेख भएअनुसार सहसचिव चक्रबहादुर बुढा मकवानपुर, महादेव पन्थ ललितपुर, सीताराम कार्की सुर्खेत, आशमान तामाङ सिन्धुपाल्चोक, नारायणप्रसाद भट्टराई बर्दिया, विष्णु पोखरेल इलाम र विष्णुबहादुर थापा बागलुङमा प्रजिअका रुपमा सरुवा हुनुभएको छ ।

यस्तै चन्द्रमान श्रेष्ठलाई उदयपुर, हरिशरण पुडासैनीलाई गृहमन्त्रालयअन्तर्गत व्यवस्थापन महाशाखा, मदन भुजेललाई कपिलवस्तु, विष्णुप्रसाद ढकाललाई प्रहरी किताबखाना र नारायणप्रसाद दवाडीलाई गृह मन्त्रालयमा सरुवा गरिएको उल्लेख गरिएको छ ।