शुक्रबार, बैशाख १४, २०८१

भक्तपुर जिससमा पनि एमालेकै वचश्र्व

भक्तपुर श्रावण २३,  भक्तपुर जिल्ला समन्वय समितिको आइतवार सम्पन्न निर्वाचनमा जिसस प्रमुखमा नेकपा एमालेका उम्मेदवार नवराज गेलाल र उपप्रमुखमा सरिता कुँवर निर्वाचित भएक छन । त्यस्तै बाँकी सदस्यहरुमा पनि शकुन्तला श्रेष्ठ, गीता देउजा, कमला पोखरेल, श्रीराम व्यान्जु, उमेश श्रेष्ठ, बाबुकाजी श्रेष्ठ र दलित Captureतथा अल्पसङ्ख्यक सदस्यमा गीता विसुङ्खे विजयी हुनुभएको छ ।

भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहेको उक्त निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रमुखमा कमला भारती गिरी र उपप्रमुखमा हरिरत्न गोर्खालीसहित सदस्यहरुमा रोशनमैया सुवाल, रोशन खत्री, जितेन्द्र मुनंकर्मी, रञ्जना त्वाती, जगतलाल मानन्धर र विजयालक्ष्मी शाक्य तथा दलित तथा अल्पसङ्ख्यक सदस्यमा सुनिता द्यौलालाई उम्मेदवार रहेको थियो भने काँग्रेसले कुनैपनि पदमा उम्मेदवारी दिएका थिएनन ।