शुक्रबार, बैशाख १४, २०८१

कुसुन्तीमा प्रहरीको इन्काउन्टर लागूऔषधका कुख्यात कारोवारी खत्री मारिय

download (1)काठमाडौ श्रावण २३,  ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा एक जनाको मृत्यु भएको छ । लागूऔषध कारोबारमा संलग्न रहेका प्रवीण खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली उनको घरमा पुगेको थियो । तर, प्रहरीलाई देख्नासाथ उनले गोली चलाएको र प्रहरी टोलीले जवाफी कारबाही गरेको महाशाखाले जनाएको छ ।

प्रहरी टोलीले उनलाई विहानैबाटै पिछा गरेको थियो । प्रहरी टोलीबारे सूचना पाएपछि घरको पछाडिबाट हामफालेका खत्री भाग्ने प्रयास गर्दै गर्दा प्रहरीले पछ्याउँएको र उनले आफुसंग भएको ‘ पेस्तोलबाट फायर खोलेपछि प्रहरीले जवाफी कारबाही गर्ने क्रममा उनको मृत्यु भएको बताईएको छ । गोली लागेर घाइते भएपछि खत्रीलाई पाटन अस्पताल पुर्यालइएको थियो । तर, चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।