शनिबार, बैशाख १५, २०८१

आज खण्डग्रास चन्द्रग्रहण

  आज श्रावण शुक्ल पूर्णिमाका अवसरमा मनाइने जनै पूर्णिमा कसैले गत श्रावण १३ मा मनाए त कसैले आज मनाउँने तयारी गर्दै,  तराइमा रक्षा बन्धन र उपत्यकामा नेवार समुदायले गुँपुन्ही पर्व मनाउँदै

काठमाडौ श्रावण २३ , आज श्रावण शुक्ल पूर्णिमाका अर्थात तिथीको हिसावमा जनै पूर्णिमा त्यस्तै नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने गर्दछन् । तर आजको  दिन अर्थात श्रावण २३ गते अर्धरात्रिपूर्व खण्डग्रास चन्द्रग्रहण परेकाले नागपञ्चमीकै दिन ऋषितर्पणी र रक्षाबन्धन पर्व कतिपयले गत श्रावण १३ गतेनै मनाएका छन कतिपयले आज मनाउँने तयारी गरेका छन । त्यस्तै नेपाल सरकारले तराइका २० जिल्लामा रक्षा बन्न्धन पर्व मनाउँन भन्दै आज विभिन्न २० जिल्लामा सार्वजनिक विदानै दिएको छ ।

800px-Geometry_of_a_Lunar_Eclipse.svgप्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा यो पर्व मनाउने प्रचलन रहिआए पनि अर्धरात्रिपूर्व खण्डग्रास चन्द्रग्रहण परेकाले नागपञ्चमीकै दिन उक्त पर्व मनाउनुपर्ने सत्कर्म रत्नावली, निर्णय सिन्धु, कृत्यबाटिकालगायत ग्रन्थमा उल्लेख भएके जनाउँदै पञ्चाङ्ग निर्णायक समितिले गत श्रावण १३ गतेनै आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि ब्राह्मण पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्दै जनैपूर्णिमा पर्व मनाउँन आव्हान गरे अनरुप त्यस दिन जनै पूर्णिमा पर्व मनाईएको हो ।

पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज १ घण्टा ५७ मिनेट लाग्ने ग्रहण अन्र्तगत राति ११ बजेर सात मिनेटदेखि ग्रहणले स्पर्श गर्ने राति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ । एक बजेर चार मिनेटमा मोक्षकाल अर्थात् ग्रहण सकिने जनाएको छ ।  आजको ग्रहण नेपालबाट पनि दख्न सकिने चन्द्रबिम्बको दक्षिण दिशामा मात्रै कालो छायाँ देख्न सकिन्छ । छायाँ आग्नेयकोणबाट प्रवेश गरी नैऋत्यकोणबाट बाहिर निस्कने भएकाले शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेककालाई दिउँसो २ बजेर सात मिनेटदेखि भोजन निषेध रहेको बताएको छ ।

पृथ्वीले सूर्यलाई घुम्ने गति र चन्द्रमाले पृथ्वीलाई घुम्ने गति समान छैन। यही असमानता नै ग्रहण हुने कारण मानिन्छ। गतिको असमानताले गर्दा समयको संयोगले कुनै बखत यी पिण्डहरू एउटै सीधा रेखामा पर्छन्। फलस्वरूप कहिले पृथ्वीको छायाँ चन्द्रमामा र कहिले चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ। यसरी छायाँ परेको अवस्था नै ग्रहणको अवस्था हो। पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छायाँ पृथ्वीमा पर्दा सूर्य ग्रहणको स्थिति सिर्जना हुन्छ।