शुक्रबार, बैशाख १४, २०८१

बाढी र डुवानबाट रौतहट पूर्णरुपमा प्रभावित

काठमाडौ भाद्र ९,  बाढी र डुवानका कारण रौतहट जिल्ला सबैभन्दा बढी प्रभावित भएको छ । नेपाल रेडक्रस सोसाइटीले प्ररम्भिक रुपमा गरेको अध्ययनले रौतहटमा सबैभन्दा बढी १६ हजार १ सय ४५ घर पूर्ण रुपमा र ३२ हजार ३ सय ७ घरमा आंशिक रुपमा क्षति पुगेको बताएको छ ।  रौतहट पछि सबैभन्दा बढी IMG_2911 (1)प्रभावित जिल्ला सप्तरीमा १५ हजार ४ सय ९० घर पूर्ण रुपमा र १० हजार ८ सय ३५ घर आंशिक रुपमा क्षतिग्रस्त  हुन पुगेका छन् । त्यसैगरी महोत्तरीमा ६ हजार ५ सय पूर्ण रुपमा र ३ हजार ६ सय ५६ आंशिक रुपमा, बर्दियामा ६ हजार १ सय १८ पूर्ण रुपमा र १४ हजार ७ सय ९७ आंशिक रुपमा क्षति पुगेको विवरण प्राप्त भएको जनाइएको छ ।

बाढी र डुबानका कारण कूल ६४ हजार ९ सय ९७ घर पूर्ण रुपमा र १ लाख २० हजार १ सय २९ घर आंशिक रुपमा क्षतिग्रस्त बन्न पुगेको अध्ययनले देखाएको छ । १७ लाख ५ हजार ३ सय ३४ परिवार बाढी र डुवानका कारण प्रभावित बनेको अध्ययनले देखाएको बताइएको छ । शुक्रबार सहरी विकास मन्त्रालयमा तराई मधेशमा आएको बाढीले पु-याएको क्षति एवं राहत तथा उद्धारमा भएको प्रगति सम्बन्धी आवास विषयगत समूहको छलफलमा यस्तो विवरण प्रस्तुत भएको हो । मन्त्रालयमा नेपाल रेडक्रस सोसाइटी, प्लान नेपाल, एनसेट, एसिया अनुलुस लगायत बाढी र डुवान क्षेत्रमा कार्यरत एनजिओ/आइएनजिओहरुले यस्तो विवरण प्रस्तुत गरेका हुन्

छलफलमा बोल्दै सहरी विकास मन्त्री प्रभु साहले बाढी र डुवान पिडितहरुरुका लागि ५/६ महिनाका लागि अस्थायी संरचना आवश्यक पर्ने बताउनुभयो । उहाँले प्रभावित हरुलाई स्थायी रुपमा आवासको व्यवस्थाका लागि ५÷६ महिना लाग्ने भएकाले सो अवधिसम्मका लागि अस्थायी संरचना आवश्यक पर्ने बताउनु भयो । उहाँले उद्धार र राहतको चरण सकिएपछि अस्थायी आवास हुँदै स्थायी आवास निर्माणतर्फ लाग्नुपर्ने बताउनुभयो ।  मन्त्री साहले डुवान र बाढीका कारण २ तल्ले घर हुनेहरुले माथिल्लो तल्लामा पु-याएको सामान केही बचाएको भएपनि १ तल्ले घर हुनेहरुको सम्पूर्ण सामान नष्ट भएको बताउनुभयो । उहाँले झन् फुसको झुप्रो हुनेहरुको त विचल्लीनै भएको उल्लेख गर्नुभयो । उहाँले पूरै गाउँनै प्रभावित भएको र गाँउका केही घरहरुमात्रै प्रभावित भएकोमा फरक स्थिति भएकाले आगामी कार्यक्रम तय गर्दा यसलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो ।