शनिबार, बैशाख १५, २०८१

जथाभावीरूपमा पार्किङ नियन्त्रणका लागि ट्राफिकलाई ५० थान ह्विल लक

काठमाडौ भाद्र १३,  यात्रु तथा सडक आवागमनमा समेत प्रभावित हुँने गरि जथाभावीरूपमा पार्किङ गरेका सवारी साधनलाई लक गर्नका लागि kmc logoमहानगरपालिकाले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ५० थान ह्विल लक प्रदान गरेको छ ।

नगर प्रहरीको २५औँ वार्षिकोत्सवका अवसर ह्विल लक प्रदान गर्दै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकालाई सफल बनाउन नगर प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताउँनु भएको छ । त्यस्तै उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले काठमाडौँ महानगरपालिकालाई सुन्दर र व्यवस्थित बनाउन २५ वर्ष अगाडि स्थापना भएको नगर प्रहरीमा हाल २ सय को हाराहारीमा कार्यरत प्रहरीले खेल्दै आएको रचनात्मक भूमिकाको प्रशसा गर्नु भएको थियो ।

त्यस्तै कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले महानगरपालिकाभित्र गुड्ने सवारी साधनलाई मान्छे टिप्ने र हिँडिहाल्ने वातावरण बनाउन महाशाखाले महानगरपालिकासँग सहकार्य सहित अगाडि बढ्ने लक्ष्य अनुरुपको गृहकार्य गर्दै गरेको जनाउ दिनु भएको छ ।