शनिबार, बैशाख ८, २०८१

कागेश्वरी मेलामा हजारौँ तीर्थयात्रुको घुइचो, एक हजार किलो फलामको काग स्तम्भ बनाइदै

काठमाडौं भाद्र १३ , प्रत्येक भाद्रशुक्ल अष्टमीका दिन मेला लाग्ने कागेश्वरी महादेव मन्दिरमा आज ‘कागेश्वरी मेला’ लागेको छ । कागेश्वरी मनहरा नगरपालिकास्थित IMG_1465_sjh_road_photography_kageswori mela_2070गागलफेदी–१स्थित यस मन्दिरमा मा मेला भर्न विभिन्न जिल्लाका हजारौँ तीर्थयात्रुको सहभागिता रहेको थियो । स्वस्थानी व्रतकथामा सतीदेवीको अंग पतन भएको ठाउँमा महादेव मन्दिर रहेकाले महादेवको सो ३४औँ ज्योतिर्लिङ्ग पनि भनिने किंवदन्तीमा उल्लेख रहनु त्यस्तै  गोसाइँकुण्ड तीर्थ गरेका तीर्थालुले ल्याएको जल र मकै आजै कागेश्वरी मेलामा चढाउँदा मनोकांच्५ा पुरा हनुको अलावा कागको स्पर्शबाट हुने अनिष्टबाट बच्न सकिने धार्मिक जनविश्वास रहेका कारण यहाँ भक्तजनको घुइचो लाग्ने गरेको बताईएको छ ।

IMG_1473_sjh_road_photography_kageswori mela_2070न त्यस्तै त्यस क्षेत्रबाट व्यवस्थापिका संसदमा प्रतिनिधीत्व गर्ने सांसद रामेश्वर फुयाँलले आफ्नो सांसद विकास कोषबाट रु ५ लाख र नेपाल सरकारको रु पाँच लाख सहयोगबाट मन्दिरको विशेषतालाइ प्रखरित बनाउँन एक हजार किलोको ‘काग स्तम्भ’ समेत बनाइँदैछ ।  त्यस्तै समग्र कागेश्वरीको एकीकृत गुरुयोजना निर्माण गरी धार्मिक, ऐतिहासिक, पर्यटकीय दृष्टिले महत्वपूर्ण सो मन्दिरको संरक्षणका लागि कागेश्वरी धाम निर्माणको प्रस्तावसहित पर्यटन विकासको अभियान समेत शुरु गरिएको छ ।