शनिबार, बैशाख १५, २०८१

एनआरएनएका अध्यक्ष घले दम्पतीद्वारा बाढीपिडीत राहत कोष’ स्थापनाका लागि रु १ करोड सहयोग

काठमाडौ श्रावण २९,  गैरआवासीय नेपाली संघ एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्को आज बसेको आकस्मिक बैठकले नेपालका बाढी पीडितलाई आपतकालीन राहत कोष ‘बाढीपिडीत राहत कोष’ स्थापनाका लागि रु १ करोड सहयोग गर्ने भएको छ ।  राहतका लागि कोष स्थापना गर्न एनआरएनका अध्यक्ष Shes-ghaleशेष घले र उहाँका पत्नी जमुना गुरुङले तत्कालै रु एक करोड दिने घोषणा गरेको संघका प्रवक्ता रञ्जु थापा वाग्लेद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कोषमा अध्यक्ष घले र गुरुङको एमआइटी फाउण्डेसनले १ करोड सहयोग दिने, संघका प्रमुख संरक्षक जीवा लामिछाने तथा उपाध्यक्ष भवन भट्ट र कुमार पन्त, महासचिव डा बद्री केसी र सचिव अर्जुन श्रेष्ठले रु १/१ लाख तथा प्रवक्ता रन्जु थापाले रु ५० हजार र कोषाध्यक्ष हिक्मत थापाले रु ५१ हजार सहयोगको घोषणा गरिसक्नुभएको विज्ञप्तिमा उल्लेख छ ।  त्यस्तै संघले विपदको यस विषम समयमा विश्वभरी छरिएर रहनुभएका नेपालीलाई आफ्नो दक्षता अनुरुप सहयोग गरी पीडित दाजुभाई तथा दिदीबहिनीलाई सहयोगको हात अगाडि बढाउन समेत गैरआवासीय नेपाली संघले अपिल गरेको छ ।