शनिबार, बैशाख ८, २०८१

बाढीपहिरो पीडितको सहयोगार्थ काँग्रेस सांसदको एक महिनाको तलब

काठमाडौ श्रावण २९,  नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको प्रधानमन्त्री निवास बालुवाटारमा आज बैठकले केहि दिन यताको अविरल वर्षाका कारण आएको बाढी पहिरो प्रभावित जिल्लाका नागरिकहरुको सहयोगार्थ पार्टीका २सय ७ सांसदको एक महिना बराबरको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार congressकोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले देशभित्र र देशबाहिर रहेका पार्टीका कार्यकर्ता र शुभेच्छुकलाई बाढीपीडितको राहतका लागि पार्टीले स्थापना गर्ने राहत कोषमा रकम जम्मा गर्न आग्रह गर्ने निर्ण भएको बैठक पछि केन्द्रीय सदस्य डा प्रकाशशरण महतले जानकारी दिनु भएको छ ।  त्यस्तै बैठकले राहत तथा उद्धारमा जुट्न सरकारलाई आग्रह गर्नुका साथै पार्टी कार्यकर्तालाई पनि बाढी तथा पहिरो पीडितको उद्धारमा खटिन निर्देशन समेत दिएको छ ।