शनिबार, बैशाख १५, २०८१

आज अपरान्ह चिनियाँ उपप्रधानमन्त्री नेपाल आउँदै

काठमाडौ श्रावण ३०,  चीनका उपप्रधानमन्त्री वाङ याङ आज ४ दिने नेपाल भ्रमणको लागि अपराह्न विशेष विमानबाट राजधानी आइपेग्ने भएको छ । परराष्ट्र मन्त्रालयले आइतवार जारी विज्ञप्तिमा उल्लेख भएअनुसार आगामी बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि चिनियाँ Captureउपप्रधानमन्त्रीले शिष्टाचार भेटवार्ताको गर्ने कार्यक्रम तय गरिएको छ ।
त्यस्तै भ्रमणको क्रममा चिनियाँ उपप्रधानमन्त्री बाङले उपप्रधानमन्त्री विजयकुमार गच्छदारवीच मंगलबार द्विपक्षीय वार्ता हुनुको अलावा मंगलवारनै उहाँले चीन सरकारको सहयोगमा गत बैशाख २०७२ बैशाख १२ को महाभूकम्पले ध्वस्त बनाएको राजधानीस्थित हनुमानढोका दरबारस्थित नौतले दरबारको जीर्णोद्धारको शुभारम्भ समेत गर्नुहुने भएको छ ।

जारी विज्ञप्तिमा उल्लेख भएअनुसार उहाँले माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री प्रचण्ड, एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीसँग पनि बेग्लाबेग्लै भेटावार्ता गर्नुहुने बताईएको छ ।